बुटवल लेडी जेसीजले २०७७ चैत्र १४ गते शनिवार जेसीज सप्ताहव्यापी कार्यक्रमको उदुघाटन गरी जेसीजको विभिन्न अवसरको क्षेत्र अन्तर्गत अभिभावकत्व तालीम, तनाव व्यवस्थापन, महिला सशक्तिकरण, मृगौला प्रत्यारोपण सहयोगार्थ आर्थिक सहयोग वितरण, प्रभावकारी भाषणकला तथा उद्घोषण तालीमजस्ता विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह समापन समारोह भब्यताका साथ यही चैत्र २० मा सम्पन्न गरेको छ ।

अध्यक्ष जेसी शर्मीला राना ज्यूको अध्यक्षतामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन समारोहमा मूल संयोजक जेसीरुपा श्रेष्ठ पाठकले स्वागत मन्तब्य, कार्यक्रम संयोजक जेसी वेदना पाण्डेले जेसीज आस्था पाठ गर्नुभएको थियो ।

सहसचिव जेसी नुमा राहदीले जेसीजको मिसन भिजन पाठ गर्नुभएको थियो । कार्यक्रमका मातृशाखाका अध्यक्ष, पुर्व अध्यक्ष एवं सल्लाहकार ज्यूहरु,छिमेकी शाखाका शाखा अध्यक्षज्यूहरु, कानून साकोसका उपाध्यक्ष इन्द्रा बलाल, फेवा साकोसका उपाध्यक्ष प्रेम सोमै मगर, जेसीज तथा जेसीज वाहेकका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले राजनैतिक आवरणमा अपराधलाई ढाकछोप र छुट कदापी दिनु हुदैन, महिलाको कामको सही मुल्यांकन हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

आगामी दिनमा मानवअधिकार शान्तिसमाज र बुटवल लेडी जेसीजले सहकार्य गर्न सधैं तत्पर रहने बताउनुभयो । कार्यक्रममा मातृशाखाका अध्यक्ष गोपाल प्रसाद चापागाई, पूर्व अध्यक्ष एवं सल्लाहकार सिनेटर राधिका पोखरेल,पूर्व अध्यक्ष एवं सिनेटर मन्जु भुसाल,कञ्चन जेसीजका अध्यक्ष जेसी राधिका चौधरी,रामग्राम जेसीजका अध्यक्ष जेसी पुष्पा लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष जेसी शर्मीला रानाज्यूको महत्वपूर्ण भनाई र धन्यवादसंगै कार्यक्रम समापन भएको थियो । कार्यक्रम बुटवल लेडी जेसीजका महासचिव जेसी कमला लम्सालद्धारा सञ्चालन गरिएको थियो ।
- admin
- २०७७ चैत्र २२, आईतवार ००:४६
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया