
महिला उद्यमशीलता प्रवर्द्धन – नेपालको प्रथम साधारण सभा एवम् अधिवेशन बुधवार बुटवलमा सम्पन्न भयो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री माननीय लिला गिरीले कार्यक्रमको उद्घाटन गर्दै समृद्धिका लागि उद्यमशीला आवश्यक रहेको बताउनु भयो । उद्यमशीलतामार्फत सामाजिक,राजनीतिक एवम् आर्थिक परिवर्तन सम्भव रहेको जानकारी गराउँदै महिला जनप्रतिनिधिहरुको क्षमता,दक्षता एवम् उद्यमशीलताको विकासका निम्ति महिला उद्यमशीलता प्रवद्र्धन नेपाल कोसेढुंगो सावित हुने बताए ।


सो कार्यक्रमका विशिष्ट अतिथि नेपाल नगरपालिका संघका लुम्बिनी प्रदेश संयोजक एवम् बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्यमशीलतामार्फत आफ्ना नगर र गाउँका महिलाहरुलाई आर्थिक रुपमा सम्पन्न गराउन सम्भव भएको बताए । महिलाहरु जबसम्म आर्थिक रुपमा सम्पन्न हुँदैनन् तवसम्म सामाजिक एवम् राजनीतिक विकास सम्भव नभएको बताए ।


कार्यक्रमका अतिथि सामाजिक अभियन्ता दलबहादुर गुरुङले महिला उद्यमशीलता प्रवद्र्धन नेपालले स्थानीय सरकारहरुलाई उद्यमशीलता सम्बन्धी वजेट विनियोजन गर्न अनुरोध गर्ने,व्यवसायिक योजना तर्जुमा गर्न मद्दत गर्ने ,उद्यमीहरुको दक्षता एवम् क्षमता विकासका निीम्त प्राविधिक ज्ञान र सीपमा सहजीकरण गर्ने,उद्यम विकास योजना बनाउन सहयोग गर्ने संस्था भएको र संस्थालाई थप गतिशीलता दिन कार्यसमितिलाई अनुरोध समेत गरेका छन् ।


उक्त कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन एवम् यसै आर्थिक वर्षका लागि तयार पारिएका कार्यक्रमहरु संस्थाका अध्यक्ष गुमादेवी आचार्यले पेस गरेकी थिइन् । कार्यक्रममा आर्थिक प्रगति प्रतिवेदन संस्थाकी कोषाध्यक्ष विद्यालक्ष्मी गुरुङले पेस गरेकी थिइन् । दुवै प्रतिवेदनमाथि बन्दसत्रमा छलफल भई परिमार्जनसहित पास गरिएको थियो ।


साथै पहिलो अधिवेशनले गुमादेवी आचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा जगेश्वरदेवी चौधरी,महासचिवमा अमृता गुरुङ,सचिवमा कुमारी प्रियंका शाही सिंह,कोषाध्यक्षमा विद्यालक्ष्मी गुरुङ निर्वाचित गरेको छ ।


त्यसैगरी सदस्यहरुमा जानकीदेवी श्रीवास्तव,भानुमति बानियाँ,तारादेवी यादव,गोमा तरामू,शान्तादेवी ज्ञवाली,बिना राना,सुनिता कलवार,शुभमति यादव,शिवकान्ती चमार,दमयन्ती थापा,मायादेवी पौडेल सुन्दरमति कुमारी हरिजन निर्वाचित भएका छन् ।


निर्वाचन सम्पन्न गर्नका लागि सामाजिक अभियन्ता दलबहादुर गुरुङ संयोजक रहने गरी लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनीष पन्थ सदस्य र रुरु मिलन केन्द्रका अध्यक्ष जमुना सुवेदी सदस्य रहेको एक निर्वाचन मण्डल गठन गरिएको थियो ।


नवनिर्वाचित कार्यसमितिलाई तुल्सीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा आचार्य र बर्दघाट नगरपालिका वडा नं। २ का वडाध्यक्ष दया दर्लामीले शुभकामना तथा बधाइज्ञापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष गुमादेवी आचार्यले संस्थालाई महिला उद्यमशीलामा क्रियाशील गराउने प्रतिवद्धता जनाएकी थिइन् ।


कार्यक्रमको सञ्चालन तदर्थ समितिका कोषाध्यक्ष विद्यालक्ष्मी गुरुङ,स्वागत संस्थाका उपाध्यक्ष जगेश्वरदेवी चौधरी,धन्यवाद संस्थाका महासचिव अमृता गुरुङ र अध्यक्षता कार्यक्रमका अध्यक्ष गुमादेवी आचार्यले गरेकी थिइन् ।





गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया