बुटवल, १२ चैत ।
बुटवल उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीनगरमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाको २३ औं स्थापना दिवस विविध कार्यक्रमका बिच मनाईएको छ । २०५४ सालमा स्थापना गरिएको उक्त सहकारीको तीन दिनसम्म विबिध कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो । संस्थाको २३ औं स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान, बिद्यार्थीलाई शैक्षिक सामग्रि प्रदान तथा दीप प्रज्वलन लगायतका कार्यक्रम गरेको हो ।

यहि चैतको ९, १० र ११ गते तीन दिनसम्म गरिएको कार्यक्रममा पहिलो दिन रक्तदान गरिएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जना शेयर सदस्यहरुले रक्तदान रेका थिए । त्यस्तै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

बुटवलको दीप नगरमा रहेको निलकण्ठ बाबा धाममा सञ्चालित सञ्तोषी माता कुरुकुलमा अध्ययन गर्ने बिद्यार्थी (बटुक)हरुलाई शैक्षिक सामग्रि प्रदान गरिएको हो । उक्त गुरुकुलमा हाल ४२ जना बटुकहरु अध्ययनरत रहेको त्यस अवसरमा जानकारी गराईएको थियो । स्थापना दिवस बिशेष कार्यक्रमको अन्तिम दिन दीप प्रज्वलन सहित मूल समारोह गरिएको कार्यक्रम संयोजक रमेश पाण्डेले बताउनु भयो ।

सहकारी संस्थाका अध्यक्ष सुक्रप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका वित्त परामर्शदाता हरि पौडेल, लेखा समितिका संयोजक केशवराज पन्थ, सल्लाहकार नगेन्द्रगोबिन्द श्रेष्ठ, शिक्षा उपसमितिका संयोजक सम्झना श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णु पौडेलको सञ्चालनमा भएको थियो ।
२२ वर्षको इतिहास बनाएको एकता सहकारीमा हाल १ हजार २ सय बढी शेयर सदस्य रहेका छन् ।
- admin
- २०७७ चैत्र १३, शुक्रबार १४:४३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया