चैत्र ०६, बुटवल ।
लुम्बिनी चलचित्र कलाकर्मी संघ लुम्बिनी प्रदेशका सदस्य तथा वरिष्ठ कलाकार कुलचन्द्र पुरिको असामयीक निधनको १०औं दिनको अवसर पारेर लुम्बिनी चलचित्र कलाकर्मी संघ, लुम्बिनी प्रदेशले यस दुःखद घडीमा मृतात्माको चीर शान्तिको कामना सहित उहाँले कला क्षेत्रलाइ पुर्याउनु भएको योगदानलाइ स्मरण गर्दै शोकाकुल परीवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि शोकसभा आयोजना गरेको थियो ।


संघका अध्यक्ष मनिष पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतीथीको रूपमा चलचित्र निर्माता संघका केद्रीय सदस्य मनोज श्रेष्ठ रहनुभएको थियो ।

कार्यक्रममा कुलचन्द्र पुरीका शहपाठी कलाकार तथा संघका कार्य समिति सदस्य तिलक नेपाली , कोषाध्यक्ष बाबुराम घिमिरे , सह सचिब खगेश्वर पुन , उपाध्यक्ष शुरेश सेन्चुरीले स्व कुलचन्द्र पुरीलाइ स्मरण गर्दै आफ्ना भावनाहरु ब्यक्त गर्नुभएको थियो । प्रमुख अतीथी मनोज श्रेष्ठले सयौ चलचित्रमा काम गर्नुभएका एउटा कुशल, होनाहार , कर्मठ कलाकार देशले गुमाएकोमा दुःख ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा यस क्षेत्रका कलाकारहरु तथा नाट्य प्रशिक्षक राजकुमार पुडासैनी , चल चित्र निर्माता निर्देशक निरन्जन कसजु ,नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाह, नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङ , नृत्य कर्मी संघ रुपन्देहीका सचिब दिपक श्रेष्ठ ,कलाकार किशोर श्रेष्ठ , कपिलदेब अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संघका सचिब बिष्णु भट्टराईले सन्चालन गर्नुभएको थियोे भने संघका अध्यक्ष मनिष पन्थले स्व. कुलचन्द्र पुरीले कला क्षेत्रमा मात्र नभएर शिक्षण पेशा तथा सामाजिक कार्यमा समेत अग्रसर हुनुहुन्थ्यो भनी उहाँले गरेका कार्यहरुलाइ स्मरण गर्दै यस क्षेत्रमा रहेका कलाकर्मीहरु एकजुट भएर अझै सशक्त रुपमा अघि बढन जोडदिदै कार्यक्रमको समापन गर्नु भएको थियोे ।
- admin
- २०७७ चैत्र ६, शुक्रबार १४:००
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया