
-शिवप्रसाद पाण्डेय
म आठ वर्षको उमेरसम्म मदनपोखरामा सरसँग छिमेकीको रूपमा विताएका दिनहरू सबै त सम्झनामा छैनन् । केही ( केही भुल्नै नसकिने अनुकरणीय यादगार क्षण मेरो मानसपटलबाट हटेका छैनन् । वहाँ पढाइ ( लेखाईमा लगनशील । जहिले पनि घरको कौशीमा पढिरहेकै अवस्थामा देख्थेँ। त्यस्तै चित्र कार्ने , नाटक अभिनय , समयलाई खेर नफाल्ने , कुलतबाट टाढा रहनुपर्छ भनेर सम्झाउने गरेको भुल्नै नसकिने क्षण बन्न पुग्यो मेरा लागि ।
म विद्यार्थी हुँदैसँगै शिक्षण गर्दै तीन दशक बिताउँदा ……
२०४२ सालमा म कक्षा ५ मा अध्ययनरत थिएँ । मेरा असल गुरूहरूमध्येको एक गुरु पाएँ कुलचन्द्र सरलाई ।
आफ्नो काम कर्तव्यप्रति निष्ठावान , निडर , निष्पक्ष भावना भएका अग्रज दाजु समानका गुरूको म र मेरो परिवार सँग बसाउठी , आत्मिएता त्योभन्दा नजिक हुनै मिल्दैन । आत्मिएता म र मेरो परिवारसँग मात्र होइन सिंगो समाज, आफ्नो कर्म क्षेत्र , फिल्मी दुनियाँ , सामाजिक संघसंस्था सबैमा आँखाको नानी बन्नुभयो कुलचन्द्र गुरु ।
तिलोत्तमा मा। वि। मा । तीन दशकसँगै अध्यापन गर्ने क्रममा कहिल्यै कसैसँग तितोपिरो भएको थाहा पाइन मैले । आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न कहिल्यै पछि नपर्ने गुण भएका गुरूले ७ वर्षे प्र अ को नेतृत्व काललाई मैले मेरो कवितामा लेखेको याद आयो ।
नारायण , लक्ष्मी प्र , महेन्द्रहरू व्यवस्थापनमा खटिरहँदा …..
स्वर्णयुग भन्न मन लाग्छ ,कुलचन्द्रले प्र अ को नेतृत्व समाल्दा ।
वहाँले २०५५ सालमा तिलोत्तमा स्कूलमा मा वि सञ्चालन गर्ने क्रममा लिनुभएको विषयगत जिम्मेवारी तथा प्रा वि तहको सेवा सुविधामा मा वि सम्मको अंग्रेजी , सामाजिक विषय अध्यापन गराउँदै उत्कृष्ट नतिजा दिन सफल व्यक्तित्वलाई विद्यालयको इतिहासको पानामा स्वर्ण अक्षरले लेख्न-लेखाउन हाम्रो दायित्व रहन्छ ।
हरेक कामलाई सानो नसम्झने गुण थियो कुलचन्द्र गुरूमा ……
विद्यालयका शिक्षक उमापति पाण्डे ले मा वि तहमा शिक्षा विषय पढाउँदा प्रधानाध्यापकको काम कर्तव्य के हो ? भन्ने प्रश्नमा केही विद्यार्थीले उत्तर लेखेछन् ।
१. घूर बढार्ने
२. ट्वाइलेट सफा गर्ने आदि …..
वास्तवमा विद्यार्थीले जे देखे त्यहीँ लेखे ।
विद्यालयका हरेक गतिविधिसँगै आफूले जिम्मेवारी समाल्दै आएका विभिन्न संघसंस्था हरूमा दत्तचित्त भइ निरन्तर लागिरहने हाम्रा गरूको हस्त लेखन कुनै कुशल आर्टिष्टकोभन्दा कमी थिएन । अहिले पनि वहाँको लेखोट विद्यालयमा देख्न सकिन्छ ।
विद्यालयमा ७ वर्ष प्र अ भई कार्यभार निभाउँदै गर्दा मेरो पनि लेखा फाँटको जिम्मेवारी भएको अवस्थामा हामीले सरोकार सबैसँग राय सल्लाह लिदै हरेक वर्ष वार्षिकोत्सवको अवसरमा शैक्षिक बुलेटिन,मुखपत्र,प्रकाशन गर्ने , अभिभावक र विद्यालय विचको दूरीलाई सामिप्यता गराउने , विद्यार्थीहरूका अन्तरनिहित प्रतिभा उजागर गर्ने , विद्यालयका हरेक गतिविधि , आर्थिक पक्ष पारदर्शीका लागि सार्वजनिक कार्यक्रम , सुशासन जस्ता अब्बल गुण गुरूबाट सबैले अनुकरण गर्न लायक छन् ।
वहाँ बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । कलाकारिता वहाँको अतिरिक्त प्रथम रोजाई रहेको विषय हो । वहाँले ३ दर्जन बढी ठूला पर्दाको चलचित्रहरूमा अभिनय समेत गर्नु भएको छ भने थुप्रै टेलीचलचित्र र भिजियोलहरूमा आफ्नो दख्खलता प्रदर्शन गर्नुभएको छ ।
जीवनमा विद्यालय र समाजका लागि गुरूले अमिट छाप पार्ने गरि योगदान गर्दै गर्दा दुई दशक पहिले आफ्नो शरिरमा देखिएको सामान्य पथ्थरी किन झिक्नु भएन होला ? घर- परिवार , शुभ चिन्तक सबै हामीहरूले पटक-पटक नभनेको पनि होइन तर दैवको खेल भनौं आखिर त्यही सामान्य मानिएको स्वास्थ्य समस्या विकराल रूपमा ठूलो डरलाग्दो क्षणमा पुग्यो र आदरणीय गुरूलाई मृत्यूको मुखसम्म पुर्यायो ।
मैले हृदयदेखि सम्मान गर्ने गुरु, मेरो जीवनमा अनन्य मित्रको रूपमा रहनु भयो ।
वहाँ प्रति श्रद्धा सुमन व्यक्त गर्नु सिवाय केही गर्न सकिएन । शोकको यस दुस्खद् क्षणमा गुरूका अनुकरणीय कामलाई जीवनमा आत्मसात् गर्न सक्यौँ भने हाम्रो गुरुप्रति सच्चा श्रद्धा हुनेछ ।
दिवंगत कुलचन्द्र गुरूको चीर शान्तिको कामना, हार्दिक श्रद्धाञ्जली । शोकाकूल सबै परिवारजनप्रति गहिरो समवेदना ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया