२० फागुन ।
औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले अव खुल्ने औद्योगिक क्षेत्रमा सम्झौता गरेर मात्रै उद्योग सञ्चालन गर्न दिईने बताउँदै सम्झौता अनुसारको सेवा सुविधा दिन नसके सरकारले त्यसको क्षेतीपूर्ती व्यहोर्ने बताउनु भएको छ ।
बुटवलको मोतिपूर औद्योगिक क्षेत्र शिलान्यासको पूर्वसन्ध्यामा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा भेटघाटमा आउनु भएका अध्यक्ष बस्नेतले सरकारको तर्फबाट औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले के गर्ने र उद्योगले के गर्ने भन्ने सुरुमै सम्झौता गरिने बताउँदै त्यो सेवा सुविधा दिन नसके त्यसको पनि औद्योगिक क्षेत्र व्यबस्थापनले क्षतीपूर्ती गर्ने र उद्योगले पनि सम्झौता अनुसारको काम नगरे बैंक ग्यारेन्टी (धरौटी) जफत गर्ने बताउनु भएको हो ।
उहाँले सरकारको तर्फबाट औद्योगिक क्षेत्र लिमिटेड र निजी क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग बाणिज्य संघसंग कसले के के काम गर्ने भन्ने विषयमा सम्झौता गर्न चाहेको जानकारी गराउनु भयो ।
२०६८ सालमा बुटवल उद्योग बाणिज्य संघले अंगाडी सारेको परिकल्पना मौतिपूर औद्योगिक क्षेत्रको अवधारणाकै कारण सरकारले सातवटै प्रदेशमा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको अवधारणा बनाएको बताउँदै उहाँले औद्योगिक क्षेत्र शिलान्यास भएको २ वर्षमा नै उद्योग राखिने र ५ वर्षमा त्यसको निर्माण पुरा हुने पनि जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघले मोतिपूर औद्योगिक क्षेत्रको परिकल्पाना गर्दा त्यस क्षेत्रमा त्यति ठूलो बस्ती नभएको र अहिले बस्ती धेरै बसीसकेकोले केही समस्या देखिएको उल्लेख गर्नुभयो । ‘हाम्रो चाहना औद्योगिक क्षेत्र बन्नु पर्यो, उद्योग धन्दा सञ्चालन गर्न पाउनु पर्यो भन्ने हो ।’ अध्यक्ष हमालले भन्नुभयो–‘अहिलेसम्म कार्यालय स्थापना भयो भन्ने भन्दा अरु प्रगति देख्न पाईएन ।’ उहाँले औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले समेत समन्वयको सम्म पनि काम नगरेको बताउनु भयो । उहाँले अहिले औद्योगिक क्षेत्रको जग्गामा भोगचलनको समस्या देखिएको बताउँदै सरकारको तर्फबाट त्यसलाई सम्बोधन गर्ने हो भने समस्या समाधान हुन सक्ने पनि भनाई राख्नुभयो ।
त्यस्तै संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपूर औद्योगिक क्षेत्रको लागि आफूले धेरै मेहनत गरेको स्मरण गर्दै सरकारले गर्नुपर्ने काम आफूहरुले गरेपनि औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका तर्फबाट सामान्य मुल्यांकन सम्म पनि नगर्दा दुःख लागेको भनाई राख्नुभयो ।
त्यस्तै पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले सरकारले ल्याएको सात प्रदेशमा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको कन्सेप्ट मोतिपूर औद्योगिक क्षेत्र नै भएको बताउँदै मोतिपूर औद्योगिक क्षेत्रको कन्सेप्ट बुटवल उद्योग बाणिज्य संघको भएको दावी गर्नुभयो ।
- admin
- २०७७ फाल्गुन २१, शुक्रबार ११:०१
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया