बुटवल, १६ फागुन ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले सबैसंग सहकार्य गरेर नव निर्वाचित नेतृत्व अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बुटवलको लक्ष्मीनगरमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाले आईतबार गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यबसायको हकहितमा उत्कृष्ट काम गर्ने समेत बताउनु भयो । बुटवल उद्योग बाणिज्य संघले सदस्यता बृद्धि भन्दा पनि गुणस्तरीय सदस्यतालाई जोड दिएको बताउँदै उहाँले मुलुकको औद्योगिक तथा उद्यमशिलता बिकासमा समेत सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने स्मरण गराउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिलाई स्वागत सहित सम्मान गर्दै उक्त सहकारीका अध्यक्ष सुक्रप्रसाद बस्यालले उद्योगी व्यबसायीहरुको हकहितमा उल्लेखनीय काम हुने आशा र विश्वास व्यक्त गर्नुभयो । उक्त सहकारीमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सहित शेयर सदस्य रहेको जानकारी गराउँदै उहाँले त्यसले सहकारीको समेत गरिमा बढेको बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कसजु सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा सहकारी संस्थाका सल्लाहकार नवराज श्रेष्ठ, उपाध्यक्ष लिलाधर लुईटेल, सचिव विष्णु पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
- admin
- २०७७ फाल्गुन १६, आईतवार १८:२६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया