फाल्गुण १५, शनिबार ।
रूपन्देहीको तिलोत्तमा नगरमा नेपाल–भारत मैत्री संघ मणिग्राम शाखाको पाँचौं मैत्री सभा तथा अधिवेशन आज राममणि बहुमुखी क्याम्पस परिसरमा सम्पन्न भएको छ । अधिवेशनले पुनः मोहनराज शर्माको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा डोलराज पाण्डे, सचिव माया घिमिरे, सह–सचिव गिरिराज भट्टराई, कोषाध्यक्ष खुमकान्त पाण्डे तथा सदस्यमाः नेत्रप्रसाद न्यौपाने, टानप्रसाद पाण्डे, नारायणप्रसाद भुसाल, भिमलाल घिमिरे, पूर्णनिधि पाण्डे र विन्दु आचार्य निर्वाचित हुनुभएको छ ।
त्यसअघि अधिवेशन उद्घाटन गर्दै राममणि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले सामजिक विकाशमा मैत्री संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सोही अवसरमा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष मोहनराज शर्मा सामाजिक विकासमा भएका योगदानको सूची प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा संघका सल्लाहकार डा. खगराज शर्मा, रूक्मागत पाण्डे लगायतले बोल्नुभएको थियो ।
आजै सम्पन्न नवनिर्वाचित समितिको बैठकले संघको केन्द्रीय मैत्री सभा (केन्द्रीय अधिवेशन) का लागि मोहनराज शर्मा, गिरिराज भट्टराई र खुमकान्त पाण्डेलाई प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
- admin
- २०७७ फाल्गुन १५, शनिबार २२:२६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया