बुटवल, फागुन ११
अस्मिना पाण्डे
रोटरी क्लब अफ तिनाउ बुटवलले आज मंगलबार शैक्षिक तथा खेल सामग्री वितरण गरेको छ । क्लबले ११६ औ अन्तराष्ट्रिय रोटरी डेको अवसर पारेर तिलोत्तमा ३ मा रहेको श्री हाम्रो सगरमाथा आधारभुत बिद्यालयमा बिभिन्न सामग्री वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि क्लबका एसिस्टेन्ट गर्भनर खिमानन्द भुसालले बिद्यार्थीहरुका लागी आवश्यक कपि, पेन्सिल , बिभिन्न खेल सामग्री,मास्क लगायतका सामग्री बिद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेलाई प्रदान गरे ।

सामग्री प्रदान गर्दे भुसालले रोटरी क्लबहरुको मुख्य उद्धेश्य नै सामाजिक सेवा भएको बताउदै यस्ता कार्यक्रमले बालबालिकाहरुलाई पठनपाठनमा थप सहयोग पुग्ने बिश्वास व्पक्त गरे । कतिपय ठाउँमा यसरी सहयोग स्वरुप प्रदान गरिएका सामग्रीको सही सदुपयोग नभएको पाइएको बताउदै शैक्षिक सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे । सहयोग सानो ठुलो नहुने बताउदै भुषालले भावनात्मक सहयोगले सम्बन्ध बलियो हुने बिश्वास व्पक्त गरे ।

बिद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले रोटरी तिनाउले गरेको सहयोगको सधै सम्मान गरेको बताए । कुनै पनि सहयोग सानो नहुने भन्दै आफ्नो बिद्यालय छनोट गरेकोमा धन्यबाद व्पक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्पक्त गरे ।

क्लबका निबर्तमान अध्यक्ष भगवती पाण्डेले बिद्यालयमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्पक्त गरिन् । क्लबका अध्यक्ष ज्ञानधरा पन्थले बिद्यालयमा आवश्यक सामग्रीको बारेमा जानकारी गराउन आग्रह गर्दै आजको रोटरी डेको पबित्र दिनमा बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न पाउदा खुशी लागेको बताईन ।

कार्यक्रममा रोटरी कलब अफ तिनाउ बुटवलको स्पोन्सर क्लब रोटर्याक्ट क्लब अफ तिनाउका अध्यक्ष इन्दु पौडेलले किशोर अवस्थाबाटै सामाजिक सेवामा काम गर्न पाउदा खुशी लागेको बताउदै यसरी स्कुल र कलेज जिवनबाटै सामाजिक सेवामा प्ररित गर्नुपर्ने बताइन् ।

रानीमहल स्टेशनर्स बुटवलको सौजन्य ,रोटर्याक्ट क्लब अफ तिनाउ बुटवलको सह आयोजना सम्पन्न भएको कार्यक्रममा प्रथम पुरुष गगन पन्थ, पत्रकारद्धय कमला पन्थ,अम्बिका परियार बिद्यालयका शिक्षक क्लबका सदस्यहरुको सहभागीता रहेको थियो ।

लिटरेसी कमिटी चेयर कमला ज्ञवलीको संयोजनमा आयोजना गरिएको कार्यक्रम सचिव रमिला शर्माको सञ्चालन , सर्भिस प्रोजेक्ट चेयर साबित्रा घिमिरेको स्वागत तथा टि आर एफ चेयर अस्मिना पाण्डेको धन्यबाद ज्ञापनमा सम्पन्न भएको थियो ।



- admin
- २०७७ फाल्गुन ११, मंगलवार १९:२३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया