बुटवल ।
रोट्रयाक्ट क्लव अफ सेन्ट्रल लुम्बिनीले नेतृत्व विकास तथा उत्प्रेरणात्मक तालिम गरेको छ । क्लवका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित तालिममा प्रशिक्षक दिनेश खड्काले सकारात्मक सोच, सफलताका लागि अपनाउनुपर्ने उपायहरु तथा नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो । क्रियाकलापमा आधारित रहेको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष बाबुराम खनाल अतितको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाह, पूर्व अध्यक्ष कृष्ण पाण्डे, कार्यक्रम संयोजक उपेन्द्र यादव लगायतले बोल्दै नेतृत्व विकासका लागि तालिम अत्यन्तै उपयोगी भएको भन्दै अहिले झण्डावाला नेता भन्दा पनि कर्म गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा सह–कोषाध्यक्ष अस्मिता अधिकारी, सदस्यहरु प्रदिप सापकोटा, समसुद्धिन शेख लगायतका सहभागीहरुले तालिमको अनुभव सुनाएका थिए ।

यसैबीच तालिममा सहभागीहरुले मेरो सहर सफा सहर अभियान सुरु गरेका छन् । तालिममा सिकेको सीपलाई व्यवहारमा परिवर्तन गर्नका लागि अभियान सुरु गरिएको क्लवका अध्यक्ष अतितले बताउनुभयो । सहरमा हुने फोहोर मैला व्यवस्थापनका लागि क्लवले समन्वयात्मक भूमिका खेल्ने भन्दैे उहाँले यस कार्यका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । क्लवको अगुवाईमा सरसफाईका क्रियाकलाप तथा सचेतनाका कार्यक्रम गरेर सानो तहबाट उदाहरणीय नेतृत्वको विकास गर्न उत्प्रेरित गरिएको प्रशिक्षक दिनेश खड्काले बताउनुभयो ।

- admin
- २०७७ फाल्गुन १०, सोमबार १३:२४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया