बुटवलमा आइतबार अर्को केवलकारको शिलान्यास भएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकारको शिलान्यास गर्नुभएको थियो । आइतबार अर्थमन्त्री विष्णु पौडेलले अर्को केवलकारको शिलान्यास गर्नुभएको हो ।

बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्नेगरी सिद्धार्थ केवलकार प्रालिले आगामी १८ महिनामानिर्माण सम्पन्न गर्नेगरी कामथालेको हो ।केवलकार शिलान्यास गर्दै अर्थमन्त्री विष्णु पौडेलले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रहगर्दै यसका लागि सरकारले आवश्यक सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले यो केवलकारको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकासमा मात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेने बताउनुभयो । उहाँले विकास निर्माणले फड्को मारिरहेको रुपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गर्दै जिल्लाले विकासको रोल मोडलको भूमिका खेलेको बताउनुभयो ।

विकासको महत्वपूर्ण पाठशाला रुपन्देही हो भन्ने सन्देश यहाँ सञ्चालित ठूला ठूला आयोजनाहरुले दिएको पनि उहाँले बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही रहेको चर्चा गर्दै उहाँले यहाँबाट अरु जिल्लाले विकासको पाठ सिक्ने पनि बताउनुभयो ।

सिद्धबाबामा सुरुंग मार्ग निर्माणको प्रक्रिया अघि बढेको र केही साताभित्रै टेण्डर आह्वान गरिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालन पछि भौतिक पूर्वाधारको विकास सँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगर वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगल, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, डिआर घिमिरे लगायतले बोल्नुभएको थियो ।बिगत आठ वर्षदेखि केवलकार निर्माण गर्ने अभियानले अवभने मूर्तरुप लिएको प्रालिकाअध्यक्ष राजेन्द्र सिंह गुरुंगले बताउनुभयो । केवलकार निर्माण सम्पन्नगर्न करिव ८० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिज मा दिएको छ ।




- admin
- २०७७ फाल्गुन ९, आईतवार १९:०५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया