बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आसन्न साधारण सभा तथा अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन यहि फागुनको १० देखि १३ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिरमा हुँदैछ ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले साधारण सभामा प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा यस क्षेत्रका समसामयिक समस्या तथा सम्भावनाका सम्वन्धमा तयार गरिएको प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारण सभाको लागि सदस्य उद्योगी व्यबसायी तथा अतिथिहरुलाई निमन्त्रणा पत्राचार गरिसकिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
साधारण सभा तथा अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्नुहुनेछ भने त्यसै अवसरमा संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै उद्योगी व्यबसायीलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
२०१० साल फागुन १० गते स्थापना भएको बुटवल उद्योग बाणिज्य संघको सोही दिन स्थापना दिवस पनि परेको छ । संघको स्थापना दिवसको अवसरमा ९ र १० गते स्थापना दिवस बिशेष कार्यक्रमको तयारी समेत गरिएको छ । स्थापना दिवसको अवसरमा भोली (आईतबार) बिहान संघको सचिवालय परिषरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै पूर्वशन्ध्यामा साँझ दीपावली कार्यक्रम गर्ने तयारी भएको महासचिव श्रेष्ठले बताउनु भयो ।
स्थापना दिवसको अवसरमा गर्दै आएको एकजना पूर्व अध्यक्ष सम्मान यो वर्ष पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई प्रदान गर्न लागिएको छ भने बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्क बेन्च प्रदान गरिने उहाँले जानकारी गराउनु भयो । स्थापना दिवसको अवसरमा प्रदान गरिने पूर्व अध्यक्ष सम्मान र बुटवल माध्यमिक बिद्यालयलाई प्रदान गर्ने डेस्क बेन्च साधारण सभा बिशेष कार्यक्रममा प्रदान गरिने उहाँले जानकारी गराउनु भयो । त्यस्तै अधिवेशन अन्तगरत निर्वाचनको तयारीको कामहरु समेत पुरा भएको निर्वाचन समितिले जनाएको छ ।
- admin
- २०७७ फाल्गुन ९, आईतवार १३:११
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया