बुटवल, ३ फागुन ।
खुल्ला सिमानाका कारण व्यबसाय दिनप्रतिदिन धाराशायी हुँदै गएको व्यबसायीहरुले गुनासो गरेका छन् । नेपालको सिमामा पर्ने भारतको सुनौली बजार नेपाली उपभोक्ताका कारण गुल्जार भएपनि नेपाली बजार भने सुनसान हुँदै गएको उनीहरुले बताए ।
बुटवल उद्योग बाणज्य संघ अन्तरगत गठित कपडा बस्तुगत समितिको आयोजनामा भएको भेटघाट तथा फेलोशिप कार्यक्रममा व्यबसायीहरुले खुला सिमानाका कारण राजश्व तिरेर नेपालमा व्यबसाय गर्ने व्यबसायी मारमा परेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले व्यबसायीको समस्या उजागर गर्ने तथा समस्या समाधानको लागि पहल तथा पैरवी गर्दै आएपनि सरकारले त्यसलाई नसुनेका कारण समस्या जस्ताको त्यस्तै रहेको बताउनु भयो । उहाँले संघले अंगाडी सारेका कार्यक्रममा व्यबसायीको साथ तथा सहयोगको लागि समेत धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उत्तिकै साथ र सहयोगको लागि आग्रह गर्नुभयो ।
त्यस्तै संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्लीले आफू संघको अध्यक्ष हुँदा नगदे बालीमा व्यबसायिकरण तथा दुग्ध प्रशोधन (डेरी) व्यबसायमा सुरु गरेको स्मरण गर्दै सुरुका दिनदेखि नै संघले अंगाडी सारेका योजनाले मूर्त रुप लिएको बताउँदै समस्या पहिचान गरेर त्यसको पैरवी गर्दै जाँदा कुनै दिन समाधान हुने विश्वास दिलाउनु भयो ।
त्यस्तैगरी संघका वरिष्ठ उपाध्यक्ष पूर्व अध्यक्ष नवराज श्रेष्ठ अध्यक्ष हुँदा नयाँ अवधारणा ल्याएर बस्तुगत समिति गठन गरिएको बताउँदै त्यसले सम्बन्धित व्यबसायको समस्या पहिचान र समाधानको लागि पहल पैरवी गर्न समेत सहज भएको भनाई राख्नुभयो ।
कपडा बस्तुगत समितिका पूर्व अध्यक्ष तथा संघका कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठले बिशेष गरेर खुला सिमाका कारण कपडा व्यबसायी बढी मारमा परेको बताउँदै यो समस्या समाधानको लागि बिशेष पहल गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले उक्त समितिले संघले अंगाडी सारेका कार्यक्रममा बिशेष सहयोग गरेको समेत स्मरण गराउँदै त्यसको मुल्यांकन गर्न संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रम कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम श्रेष्ठको अध्यक्षता तथा सचिव सबिर मियाँको सञ्चालनमा भएको थियो ।
- admin
- २०७७ फाल्गुन ४, मंगलवार १८:०६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया