बुटवल । बुटवलमा रहेको लाफा समुहले पहिलो पटक फुटसल प्रतियोगिता आयोजनामा गर्ने भएको छ ।
फागुन ६ र ७ गते समुहले फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ आयोजना गर्ने भएको हो ।
बुटवलमा रहेर विभिन्न खेलकुदको गतिविधि तथा सामाजिक क्षेत्रमा अग्रसर रहेको समुहले फुटसल प्रगियोगिताको तयारी समेत पुरा भइ सकेको समुहका अध्यक्ष तारा सिंह रेश्मीले जानकारी दिए । प्रतियोगिताको खेल संयोजक प्रविन थापा दर्लामीले टिम दर्ता, पुरस्कार सौजन्य लगायतको सबै काम पूरा भएको बताए ।
स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको उनले बताए । जिल्लाका करीब २५ टिम सहभागी हुने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक वारिस रानाले बताए ।
यसैगरि उपविजेता नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट ३ विद्याका खेलाडीहरुलाई समेत ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा दुई दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ लाख खर्च हुने अनुमान आयोजकको छ ।
यसैबिच आयोजक र पत्रकारका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत गरिने उनले बताए । केही दिन अगाडी मात्रै तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै वर्षको दुइ पटक रक्तmदान संगै सामाजिक कार्य गर्दै आएको छ ।
- admin
- २०७७ फाल्गुन ४, मंगलवार १७:३८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया