फागुन–४, बुटवल ।
सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा सरस्वती पूजा तथा बटुक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा दीप नगरमा अवस्थित श्री सन्तोषी माता गुरुकुल विद्याश्रमका चार जना बटुक विद्यार्थीहरूलाई नगदसहिद शैक्षिक सामग्रीद्वारा सम्मान गरिएको हो । सम्मानित हुनेमा चुरामणि गैरे, राजन चापागाई, सुवास सुवेदी र श्याम पौडेल रहेका छन् ।
सरस्वती पूजाको आरम्भमा बटुक विद्यार्थीहरूले स्वस्ति वाचन गरेका थिए । त्यसैगरी सरस्वती पूजाको दिनलाई शुभ दिन मानिने भएकाले ससाना बालबालिकाहरूलाई अक्षराम्भ गराइएको थियो भने नयाँ भर्ना हुने विद्यार्थीहरूलाई छुट प्रदान गरिएको थियो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य त्रय कलाधर अर्याल, ज्ञानु थापा, सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठको आतिथ्यतामा सम्पन्न सरस्वती पूजा तथा सम्मान कार्यक्रमको सञ्चालन बालकृष्ण पाठक र पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
- admin
- २०७७ फाल्गुन ४, मंगलवार १२:२७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया