करिब १७०० बर्ष पहिलेको इतिहासबाट जन्मेको प्रणय दिवसको कथा र प्रसङ्ग भिन्दै थियो होला तर शब्द प्रेम सम्पूर्ण प्राणी जगतमा साझा शब्द छ,
वरिपरि फूलैफूलको बगैंचा साघुँरो तर सिधा पथ म केही परसम्म खुशी हुँदै दगुर्दै थिए एउटा वृछ्यमा अझैं सुन्दर फूल देखे जस्मा वर्णन गर्न नसकिने सुन्दर पन्छीहरू चिरविर गर्दै थिए । एक्कासी कतै प्रकाशपरे जस्तो भान हुन्थ्यो , मेरो निन्द्रा खुलेछ । झ्यालबाट बाहिर चिहाएको सुर्योदेव झूल्किसक्नु भएको थियो अनि अघि सुनेजस्तै चिरविर सुन्तलाको रूखमा बसेका चराहरू गरिराखेका म मुस्कुराए अन्तरआत्मासँग अनि पुनः स्मरण गरे त्यो सपनालाई । यो जस्तो प्रत्येक रात्रिको अधिकांश निन्द्राले ल्याइदिने सुन्दर सपनासँग मलाई प्रेम छ ।
संसार सुन्दर बगैंचा, भगवानले रचना गरेका , सबैमा भगवानको बास छ , हामीले पाएको जिवन पनि भगवानले नै दिएका हुन् , हामीले गरेका प्रत्येक कार्यको मुल्यांकन , पुरस्कार र दण्ड सबै भगवानबाटै हुन्छ भन्ने सम्पूर्ण सारांशहरू सुन्दै बालमस्तिष्क हुर्केको भएर होला भगवानमा धेरै आश्था लाग्छ , विश्वास लाग्छ अनि आशा लाग्छ । जिन्दगीमा नमागि मागि पाएका सब्बै कुरा भगवानकै आशिर्वाद हुन जस्तो लाग्छ । पिर पर्दा एकोहोरो पिर पोखिदिए हुने राम्रो हुन्छ भन्ने आशा पलाउने साच्चै जिवन सन्तुष्ट र मानव मानसिक स्वास्थ्य स्वस्थ राख्न अहम भूमिका निर्वाह गर्ने भगवानसँग मलाई प्रेम छ ।
कहिल्यै नबिर्सि सुनौलो लालि छर्दै आफ्नो उज्यालो फैलाइरहेको घामको उज्यालोमा हिरा मोतीसरि चम्किलो त्यो जल,आफू निर्जीव, अदृश्यभई सम्पूर्ण सजिबमा सास भरिदिने पवन, सिमाहिन, विशाल, सुन्दर गगन त्यो सेतो चमक बोकि कहिल्यै नडगमगाएको हिमाल, सल्ला, साल लाँलीगूरास फूलाइ झूलाइेहेको पहाड जस्को बिटबाट निरन्तर बगिरहेको नदि र समग्र प्रकृतिसँग मलाई प्रेम छ ।
बेलाबेलामा सन्चोबिसन्चो , हालखबर सोधिरहेका मन यस्तो गर राम्रो हुन्छ सल्लाह सुझाव दिने खुशी र केहि राम्रो हुदाँ हर्षित भइदिने नराम्रो हुदाँ पिर मानिदिने शाथीभाई र आफन्तहरूसँग मलाई प्रेम छ ।
प्रेमविना सम्मान एवं समर्पण असम्भ छ प्रकृति व्यक्ति, समाज र राष्ट्रकै सकरात्मक विकासकालागि प्रेम अनिवार्य छ र जिवन सुन्दर बनाउन प्रेम अहम छ । त्यसैले मनमा सबै असल व्यक्ति , कार्य र वस्तुकालागि प्रेम हुनु आवश्यक छ। मनमा प्रेम भाव राख्दै सबैलाई सम्मान गरौं प्रणय दिवसको शुभकामना, अनि सबैलाई आई लभ यु ।।।
- admin
- २०७७ फाल्गुन २, आईतवार १९:११
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया