चितवन फोटोग्राफर संघद्वारा लुम्बिनी फोटोग्राफर संघका सदस्य लाई सहयोग
admin
२०७५ भाद्र ३, आईतवार ११:१३
२०७५ भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ र चितवन फोटोग्राफर संघबिच
शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भयो ।
बिश्व फोटोग्राफर दिवस् को अवसर पारेर चितवन फोटोग्राफर संघले मृगौला पिडित फोटोग्राफर लुम्बिनी फोटोग्राफर संघ को सदस्य तथा चौधरी फोटो स्टुडियोका संचालक श्री लिखराम चौधरी लाई नगद रु २५०००/-राहत उपलब्ध गराएको हो।मृगौला पीडित चौधरिको दुबै मृगौलाले काम गर्न छाडेकोले डाइलोसिस्को क्रममा हुनुहुन्छ ।
लुम्बिनी फोटोग्राफर संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रम्मा प्रमुख अतिथी चितवन फोटोग्राफर सङ को उपाध्यक्ष श्री ध्रुब सापकोटाले छिमेकी सङ का फोटोग्राफर लाई सहयोग गर्न पाउदा अत्यन्त खुशी लागेको ब ता उनु भएको थियो लुम्बिनी फोटोग्राफरका बरिस्ठ उपाध्यक्ष मनिष पन्थको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न उप कमिटी का संयोजकहरुको सहभागिता रहेको थियो। कार्यक्रम को सन्चालन लुम्बिनी फोटोग्राफर संघका महासचिब रामु भण्डारीले गर्नुभएको थियो ।
यस अघि गत साउन २६ गते जनप्रति निधि हरु बिच एक कर्यक्रम गरि लुम्बिनी फोटोग्राफर संघ को पहलमा विभिन्न क्षेत्रमा रहेका फोटोग्राफर हरु बाट सन्कलित नगद रु १२६८००/-हस्तान्तरण गरिसकेको छ
प्रतिक्रिया