पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३, वडा कार्यालयको शिलन्यास लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय बैजनाथ चौधरीले सडक विभाग क्याम्प, झुम्सामा बुधवार गरेका छन् ।

स्थानीय सरकारको लगानीमा निर्माण हुने उक्त वडा कार्यालयको उद्घाटन गर्दै माननीय मन्त्री चौधरीले स्थानीयहरुको आवश्यकतालाई परिपूर्ति गर्नका निम्ति महत्वपूर्ण हुने कुरा बताउँदै स्थानीय नागरिकहरुको सहजता नै प्रमुख रहेको बताए । प्रदेश सरकारले भौतिक विकासको गतिलाई सफल पार्न हरपल सक्रिय रहेको बताउँदै उनले तिलोत्तमा माविको प्राविधिक शिक्षालयको समेत निरीक्षण गरेका थिए ।

लुम्बिनी प्रदेशका सदस्य माननीय नारायण आचार्यले तिनाउको सबै वडाहरुमा वडा कार्यालय बन्दैगर्दा स्थानीय नागरिकहरुलाई सहजै सेवा प्रवाह गर्न सकिने र विकासले फड्को मार्ने बताउँदै आफूहरु विकासको पक्षपाती रहेको बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले र स्वागत वडाध्यक्ष प्रेम पाण्डेयले गरेका थिए ।


- admin
- २०७७ माघ २१, बुधबार २०:०६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया