सिद्धबाबा मन्दिर विकास समिति,तिनाउ पाल्पाको वार्षिक साधारण सभा,खर्च सार्वजनिकीकरण एवम् सम्मान कार्यक्रम बुघवार सिद्धबाबा मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले सिद्धबाबा लुम्बिनी प्रदेशकै पशुपतिनाथको रुपमा विकास हुँदै गएको र यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति मन्दिरको अतुलनीय योगदान रहेको भन्दै प्रंशंसा गरेका थिए । उनले सिद्धबाबा मन्दिर तिनाउ गाउँपालिकाको गहना भएको उल्लेख गरेका छन् ।
सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा रहेका तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले सिद्धबाबा मन्दिरले देशकै नमूनाका रुपमा निःशुल्क धार्मिक एवम् पर्यटकीय बस सञ्चालन गरेको र धार्मिक पर्यटनको गन्तव्यको रुपमा सिद्धबाबा क्षेत्र विकास हुँदै गएको समेत बताए ।
कार्यक्रममा तिनाउ गउाँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ,युवा सञ्जालका संयोजक प्रेम श्रेष्ठ,सामाजिक व्यक्तित्व लालबहादुर थापा,सामुदायिक वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्य,सरस्वती संस्कृत विद्यापीठका प्राचार्य बालकृष्ण पाठक,मन्दिरका सल्लाहकार लक्ष्मण थापा,दोभान प्रहरी चौकीका इन्चार्ज सोमबहादुर सोमै,पुष्प व्यवसायी विष्णुकुमारी घिमिरे लगायतले सिद्धबाबा मन्दिर सबैको धार्मिक आस्थाको केन्द्र बन्दै गएको र भविष्यमा यस क्षेत्रकै गरिमा एवम् महिमा बढाउने खालको मन्दिर हुन सक्ने कुरामा जोड दिएका थिए ।
सिद्धबाबा मन्दिर विकास समितिका संस्थापक सदस्यहरु उमादेवी बस्याल,सरस्वती गैरे एवम् मरणोपरान्त स्वर्गीय भीमबहादुर थापालाई सोही कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रगति प्रतिवेदन र चालू आर्थिक वर्षको कार्यक्रम समितिका अध्यक्ष दलबहादुर गुरुङले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा समितिका कोषाध्यक्ष दुर्गाबहादुर थापाले यही पौष मसान्तसम्मको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले र समितिका सदस्य तोया लम्सालले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन उपाध्यक्ष सन्तोष शेरचन र सचिव अमर प्रधानले गरेका थिए ।
- admin
- २०७७ माघ २१, बुधबार १९:४२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया