
२१ माघ, बुटवल ।
सोमबार बिहान धादिङको सिम्लेमा सडक किनारामा पार्क गरिएको ना६ख ६४६५ नम्बरको सिमेन्ट बोकेको ट्रकलाई पछाडिबाट अर्को ट्रकले हान्यो । चितवनबाट छड बोकेर काठमाडौंतर्फ आइरहेको लु२ख २७० नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाले ज्यान गुमाए भने दुईजना गम्भीर घाइते भए । छड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षतविक्षत भयो । ट्रमा चेपिएकाहरुको उद्धारमा प्रहरीलाई पनि ठूलो सास्ती पर्यो ।
गत माघ १५ गते सप्तरी कोसी ब्यारेज नहरको बाटोमा रोकिराखेको रोलर ट्रकमा पनि मोटरसाइकल ठोक्कियो । घटनामा पूर्वबाट पश्चिम जाँदै गरेको स३प ३०४७ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भयो भने पछाडि बसेका दुई जना सख्त घाइते भए ।
गत पुस १९ गते विहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारास्थित जंगलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एक जनाको मृत्यु भयो । बुबा हस्तबहादुर आलेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेले बाटैमा ज्यान गुमाउनुपर्यो । लु१च ५४६५ नम्बरको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किन पुगेको थियो ।
गत पुस १ हेटौंडा-नारायणगढ सडकखण्डको लोथर नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदाा एक जनाको ज्यान गयो । सडक किनारमा पार्क गरिएको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौंडाका लागि छुटेको बाग्मती प्रदेश ३०-३०-१ प ५१३१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसको एक दिनअघि मात्रै दाङको बिजौरीमा त्यसैगरी रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भयो । भालुवाङबाट लमहीका लागि हिँडेको रा३प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु१ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
गत कार्तिक २७ गते विहान काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भयो, अरु दुई जना घाइते भए । बिहान करिब ३ः२५ बजे रोकिराखेको बा ३ख ७५३० नम्बरको रोकिराखेको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा ५ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
लगातार भइरहेका यस्ता घटनाको एउटै कारण छन्, सडक किनारामा रोकिराखिएका मालबहाक सवारी । विशेष गरी रातमा सडकमै र सडक छेउछाउमा रोकिएका ट्रकहरुमा अरु सवारी ठोकिने क्रम उच्च दरमा बढ्दो छ । यस्ता दुर्घटना मुख्यरुपमा रात र बिहानको समयमा हुने गरेका छन् ।
सडक सुरक्षा विज्ञ पदमबहादुर शाही यो विषय सरकार, व्यवसायी, ट्राफिक प्रहरी, चालक र यात्रुहरु गम्भीर बन्नुपर्ने बताउँछन् । रोकेर राखिएका र गुडिरहेका सवारीले आवश्यक सावधानी नअपाउने र सरकारले पनि यस्ता समस्या समाधान गर्न पहल नगर्ने हो भने अझै यस्ता घटनाको दर बढ्दै जाने उनको भनाइ छ ।
पार्किङ स्थल मात्रै हैन, राजमार्गमा सवारी पार्क गर्न कुनैपनि स्थानमा सरकारी पक्षले कुनै पनि पूर्वाधार बनाएको छैन ।
‘राजमार्गका विभिन्न ठाउँमा अत्यावश्यक पर्दा पार्किङ गर्न ठाउँहरु छुट्याइएको छैन, गाडी बिग्रयो भने सडकमै रोकेर जोखिम मोल्दै मर्मत गर्नुपर्छ,’ उनले भने,’न पार्क गर्ने विकल्प छ, न समस्या पर्दा बनाउन मिल्ने गरी सानै भएपनि स्पेस छुट्याइएको छ ।’
राजमार्गमा सवारी बिग्रँदा ढुंगा र स्याउला राखेर जोखिमको संकेत गर्ने गरिएको चालकहरु बताउँछन् । हेटौंडाका ट्रक चालक बाबुलाल तामाङ राजमार्ग छेउमा पर्याप्त खुला ठाउँ कतै पनि नभएकाले ज्यान हत्केलामै राखेर भएपनि ट्रक पार्क गरेर बस्नुपर्ने अवस्था आउने गरेको बताउँछन् ।
‘कहिले अनलोड गर्ने मजदुर छैनन् भनेर गोदाममा नआउनू भनिन्छ, कहिले गाडी बिग्रिएर, जाममा परेर कुसमयमा गन्तब्यमा पुगिन्छ, त्यस्तो बेला ट्रक महाँ अड्याउने भनेर तनाव मात्रै हुन्छ,’उनी भन्छन्,’कति ठाउँमा त रोक्नासाथ स्थानीय मान्छेले विरोध गर्छन्, कति ठाउँमा प्रहरी र ट्राफिक प्रहरीले लखेट्छन् । जरिवाना पनि तिर्नुपर्छ ‘
त्यसैकारण वस्ती नभएको क्षेत्रका सडक किनारामा बढी ट्रक रोक्ने गरिएको भन्दै उनले यस्ता क्षेत्रमा तीव्र गतिमा चल्ने अन्य सवारीले रोकिएको ट्रकमा ठक्कर दिने घटना बढी हुने गरेको बताए ।
‘स्टाफ होटलका अघि पार्किङ गर्ने ठाउँ हुन्छ, तर उनीहरुले ट्रक रोक्न दिँदैनन्,’ तामाङ भन्छन्,’जंगलमा रोकेर बस्यो भने प्रहरीको गस्तीले आएर खानतलासी गर्छन्, हामीलाई केही गरी सुख छैन ।’
विज्ञहरु पनि ट्रक चालक र व्यवसायीको समस्यालाई ध्यान दिएर सरकारले पूर्वाधार र आवश्यक मापदण्डहरु बनाउनुपर्ने बताउँछन् । सडक सुरक्षाका विज्ञ पदमबहादुर शाही नेपालको सडक मापदण्डमा सवारी रोक्नुपर्दा सुरक्षाका लागि के-के पूर्वाधार बनाउने भन्ने विषय नै समावेश नभएको बताउँछन् ।
‘सवारी चालकलाई पिसाब लाग्न सक्छ, राजमार्गमा त्यसका लागि कतै सरकारले शौचलायसहित पार्किङ बनाएको छ त ?’ उनी भन्छन्,’सवारीमा समस्या आएमा आए/नआएको परीक्षण गर्नका लागि पार्क गर्न कतै छुट्टै ठाउँ दिइएको पनि छैन ।’
बसमा यात्रुबाट थोरै भएपनि ब्यापार हुने लोभमा होटलहरु रोक्न दिने भएपनि ट्रकमा यात्रु नहुने भएकाले रोक्नै नदिने गरेको उनले बताए । यसले गर्दा चालक र यात्रुले पिसाव फेर्न पनि जोखिम मोल्नुपर्ने अवस्था रहेकाले सरकारले राजमार्गमा सुरक्षा र चालक तथा यात्रु सेवाको पूर्वाधार बनाउने ध्यान दिर्नैपर्ने उनको मत छ ।
राजमार्गहरुमा निजी क्षेत्रलाई प्रोत्साहित गरेरै भए पनि सकै खालका सवारीलाई लक्षित गरेर रिफ्रेसमेन्ट सेन्टरहरु बनाउन सकिने विज्ञको मत छ ।
विज्ञ शाही अत्यावश्यक परेर सडक छेउमा सवारी रोक्दा चालक-सहचालकले के-के गर्नुपर्ने भनेर पनि मापदण्ड नै बनाउनुपर्ने बताउँछन् । गाडी रोकिएको भागभन्दा १०-२० मिटर पर संकेत चिन्हहरु राख्न सकिने भन्दै सवारीले त्यस्ता चिन्ह जनाउने वस्तु लिएर हिँड्नुपर्ने नियम बनाउनुपर्ने उनको विचार छ ।
गाडी मर्मतका क्रममा रोकिएको संकत दिने गरी बत्ती पनि सवारीमा राख्न र बाल्न सकिने उनको भनाइ छ ।
‘५० लाखको गाडीमा २-४ हजारको थप लगानी भए यस्ता दुर्घटनाबाट बच्न अझ सहयोग पुग्छ,’ उनले भने,’त्यसका लागि सरकारले सवारीको मापदण्डमा पनि पुनरावलोकन गर्नुपर्छ ।’
चालकहरुलाई सडक छेउमा सवारी रोक्दा हुने जोखिम र त्यसबाट बच्ने उपायबारे सचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ शाहीले बताए ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया