१८ माघ, बुटवल ।
जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए अनुसार सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार सामान्य चिनजान भएका विकासले डर धाक धम्की दिई बोल्न कराउन नदिई माघ १० गते दिउँसो ३ बजेको समयमा आफूलाई जबरजस्ती करणी गरेर फरार भएको किटानी जाहेरी प्रहरी समक्ष किशोरीले दिएकी थिइन् । सोही आधारमा १६ माघमा उनलाई पक्राउ गरिएको गिरीले बताए ।
गिरीका अनुसार जिल्ला अदालत भक्तपुरमा आइतबार उनलाई पेस गरी म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
- admin
- २०७७ माघ १८, आईतवार १५:५१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया