लुम्बिनी फोटोग्राफर संघको १४ औं वार्षिक साधारण सभा एवम् पाँचौं अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनु पर्नेमा जोड दिदै प्रविधिमैत्री हुन सकेमा नै यो पेसा दीर्घकालीन हुने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि द्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्री हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ (मनिष) ले स्वागत् मन्तव्य व्यक्त गर्नु भएको थियो ।





कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित हुनुभएको थियो । पुराना तथा अग्रज फोटोग्राफरहरु रामराज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे (अर्जुन) सम्मानित हुनुभएको थियो ।



अधिवेशनले मनीराम पन्थ(मनीष)को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा रामराज शर्मा र महासचिवमा माधवप्रसाद पन्थ चयन हुनुभएको छ । त्यसैगरी सचिवमा प्रेमबहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन हुनुभएको छ ।



अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय,कमल अर्याल,रेशम भण्डारी,मोहन महतो,गोभा ज्ञवाली,गीता पंगेनी,ज्योतिलाल भट्टराई,मनोज क्षेत्री,दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गर्नुभएको छ ।




संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गर्नुभएको थियो ।

- admin
- २०७७ माघ १८, आईतवार ०१:४५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया