१४ माघ, बुटवल ।
राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा आफू नर्कमा जाने हो कि भन्ने भय रहेको टिप्पणी गरेका छन् ।
बुधबार प्रबुद्ध नागरिक अभियान प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीमा नर्कको भय रहेको बताएका हुन् ।
‘तपाईं पत्रकारहरुलाई उहाँले नर्कमा जान्छन् यिनीहरु भन्नु भो, तर यथार्थमा केहो भने नर्कको भय उहाँलाई नै रहेछ’ उनले भने ‘भयकै कारण पशुपति जानु भो अस्ति ।’
उनले बताए अनुसार अरुको केही सुन्न नचाहने, हरेक विषयमा जान्ने मै हुँ भन्ने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको हो । देशको सर्वाेच्च पदमा रहेका व्यक्तिले प्रयोग गर्ने भाषा नै निम्नस्तरको रहेको पोखरेलले बताए ।
‘यो विभाजित पार्टी, कथं कदाचित निर्वाचन भयो भने दुई तिहाई आउने वाला छैन’ उनले भने‘ जबसम्म दुई तिहाई बहुमत आउने परिस्थिति बन्दैन तबसम्म उहाँले निर्वाचन गराउनुहुन्न ।’ प्रधानमन्त्री ओलीले दुई तिहाई मत ल्याउने बताएपनि विभाजित रहेको अवस्थामा कसैले दुई तिहाई मत ल्याउन नसक्ने उनले बताए ।
उनले बताए अनुसार पत्रकार सम्मेलनमा अर्थविद डा. प्रमोदकुमार झाले प्रधानमन्त्री ओलीको कदमले नेपालको अर्थव्यवस्थालाई झन् जटिल अवस्थामा पुर्याउने हो।
प्रा. डा. उद्धव पोखरेलले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम सच्याउनका लागि नागरिक स्तरबाट दवाव दिनका लागि विराटनगरमा अभियान सुरु गरेको बताए ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले दोस्रो जनआन्दोलनमा सडकमा उत्रिएको पत्रकार महासंघ असंवैधानिक कदम विरुद्ध सडक संघर्ष गर्न तयार रहेको बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रदेश १ मा प्रध्यापक पोखरेलको संयोजकत्वमा प्रवुद्ध नागरिक अभियान समिति विराटनगर गठन गरिएको छ ।
- admin
- २०७७ माघ १४, बुधबार १७:४९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया