
बुटवल, १२ माघ
रुपन्देही उद्योग संघले औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ । संघले ग्रामिण क्षेत्रमा औद्योगिक, कृषि तथा पर्यटन विकासका सम्भावनाको खोजी गर्दै त्यसको विस्तारका लागि स्थानीय सरकारहरुको सहभागिता र भूमिका महत्वपूर्ण हुने हुँदा स्थानीय क्षेत्रको विकासलाई आत्मसाथ गर्न नसक्दासम्म राष्ट्रिय पूँजीको संरक्षण हुन नसक्ने बताउँदै जिल्लाका सबै स्थानीय तहहरुसँग अन्तक्र्रिया आयोजना गर्ने बताएको छ ।

रुपन्देही उद्योग संघको आयोजनामा सोमवार रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रोजगारी अभिबृद्धि र औद्योगिक, कृषि तथा पर्यटन विकासका सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले स्वागत गर्दै संस्थागत गतिविधि तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । अध्यक्ष बोहोरोले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय उद्योगको विकास र संरक्षण जरुरी रहेको बताउनु भयो । उहाँले स्वदेशमा रहेका कच्चा पद्धार्थको सहि सदुपयोग गर्नका लागि ग्रामिण क्षेत्रको आवश्यकता र अवस्था सँग मेल खाने उद्योगहरुको स्थापना गर्नु जरुरी रहेको बताउँदै त्यसमा स्थानीय सरकारहरुसँग उद्योग संघ सधै हातेमालो गरेर जान तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरीले गाउँपालिकामा उद्योग सञ्चालनका लागि धेरै सम्भावना भएको बताउँदै खुलेर लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्नु भयो । उहाँले उद्योग सञ्चालनका लागि गाउपालिकाले दिन सक्ने सेवासुविधामा कुनै कन्जुस्याई नगर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष चौधरीले गाउँपालिकाले स्थानीय श्रोत र साधनको सहि परिचालन गरी कृषि, पर्यटन तथा औद्योगिक विकासमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा बार्षिक कार्यक्रम नै बनाएर छलफल चलाएको अवस्थामा उद्योगीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष एजाज आलमले गाउँपालिकाहरुले औद्योगिक विकासका लागि आफ्नै लगानी र नियन्त्रणमा रहने गरी यथासम्भव औद्योगिक ग्राम सञ्चालन गरेर उद्योग खोल्ने वातावरण सिर्जना गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले गाउँपालिका स्तरमा औद्योगिक ग्रामहरु खोल्न सकेमा शहर केन्द्रित परनिर्भरता हट्ने तथा पूँजी र श्रम पलायन पनि रोकिने हुँदा त्यसमा आफुहरु सहकार्य गर्न तयार रहेको धारणा राख्नु भयो ।
रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष गणेश प्रसाद अधिकारीले ग्रामिण स्तरमा रोजगारीको श्रृजना गर्ने एक मात्र उपाय भनेको उद्योगहरुको संचालन भएको हुँदा त्यसका लागि आवश्यक वातावरण तयार गर्ने काम स्थानीय सरकारहरुको भएको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले गाउँपालिकाले सञ्चालन गरेका गतिविधिका बारेमा जानकारी गराउँदै गाउँपालिकाले उद्यमशिलता विकास, उत्पादन र प्रवद्र्धनात्मक कामलाई तत्कालिन तथा दिर्घकालिन कार्ययोजना बनाएर काम अगाडी बढाएको बताउनु भयो । गाउँपालिकाले अगाडी सारेका कार्ययोजना चाहे अनुरुप पुरा गर्न नसकिएता पनि आगामी दिनमा क्रियाशिलता बढाउने र निजी स्तरसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको थियो ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता, महासचिव जिवकान्त काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं। ४ का अध्यक्ष राजेन्द्र ढकाल, ३ का अध्यक्ष हेमबहादुर खड्का लगायतले बोल्नु भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेलले गर्नु भएको थियो भने संघको कार्यसमिति, सल्लाहकार स्थानीय उद्योगीहरु र गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संघले स्थानीय स्तरमा रोजगारी अभिवृद्धि, औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको विकास कसरी गर्न सकिन्छ र भैरहेका कामलाई प्रभावकारी गर्न के गर्नु पर्दछ भनेर स्थानीय सरकारहरुसँगको सहकार्य बढाउने उद्देश्यले जिल्लामा अन्तरक्रिया तथा छलफल र भेटघाटका कार्यक्रमहरु निरन्तर जारी राख्ने वार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको संघका प्रम्ख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भएको छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया