मायादेवी गाउँपालिका,रुपन्देहीको आयोजनामा एक दिवसीय विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अभिमुखीकरण कार्यक्रम बुधवार गुरुवानीमाई माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सुआहारा नेपालका पोषण अधिकृत दुर्गा रानाले विद्यार्थीले नै आफ्नो स्वास्थ्य र पोषणको अवस्थामा सुधार गर्नुपर्ने,विद्यालयको वातावरणलाई स्वथकर बनाउन प्रयास गर्नुपर्ने,स्वास्थ्य र पोषणसम्बन्धी बानी व्यवहारमा आफैले सुधार गर्नुपर्ने,दिवा खाजा र ६ देखि १८ वर्षका किशोरीहरुलाई आइरन चक्की खुवाउनुपर्ने विषयमा अभिमुखीकरण गरेका थिए ।
सो अभिमुखीकरण कार्यक्रममा शिक्षक महासंघ,मायादेवीका अध्यक्ष सतिसमणि त्रिपाठी र प्यावसन मायादेवीका अध्यक्ष लक्ष्मी भुसालले विद्यार्थी र शिक्षकलाई यो अभिमुखीकरण कार्यक्रम लाभदायक रहेको बताए । कार्यक्रममा गाउँपालिकाभित्र रहेका २५ विद्यालयका शिक्षक र १०देखि १९ वर्षभित्रका किशोरीहरुको सहभागिता रहेको थियो ।
उक्त विद्यालयहरुमा आगामी हप्तादेखि किशोरीहरुलाई सातामा एउटाको दरले आइरन र फोलिक एसिड चक्की खुवाउने कार्यक्रम तय गरिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । हाल नेपालमा ३९ प्रतिशत् किशोरीहरु रक्तअल्पताले ग्रसित छन् ।
मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत शर्मिला शर्मा र सञ्चालन स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले गरेका थिए ।
- admin
- २०७७ माघ ८, बिहीबार ११:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया