६ माघ, बुटवल ।
तिनाउका युवाहरुका लागि आयोजित पार्टी प्रशिक्षण तथा नेतृत्व विकास तालिम नेकपाको पार्टी कार्यालय,बुटवलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् पाल्पा इन्चार्ज तुलबहादुर अधिकारीले राष्ट्रिय युवा संघको स्थापना,आवश्यकता र सांगठनिक ढाँचा,योजना एवम् कार्यक्रमका बारेमा युवाहरुलाई प्रशिक्षण दिएका थिए । त्यसै गरी नेकपा पाल्पाका नेता तथा तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले वर्तमान राजनीतिक परिवेश,पार्टीमा देखिएको संकट र तिनाउको राजनीतिमा युवाहरुको स्थानका सन्दर्भमा जानकारी गराउँदै तिनाउका युवाहरुले पार्टीको वर्तमान अवस्थालाई उकास्न सक्ने विषयमा प्रशिक्षित गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा,पाल्पाका सदस्य एवम् सामाजिक अभियन्ता दलबहादुर गुरुङले युवाहरुका लागि नेतृत्व विकास विषयमा अभिमुखीकरण गरेका थिए । उनले युवा,नेतृत्व,नेता, युवाहरुका समस्या र समाधानका लागि नेतृत्वले गर्नुपर्ने पहलका बारेमा जानकारी गराएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक माननीय खिमलाल भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओलीले उठाएको कदमले कुनै हालतमा पनि असंवैधानिक नरहेको जिकिर गर्दै नेपालीहरुको मुहार फेर्न सक्ने र आगामी निर्वाचनमा भारी मतकासाथ ओलीको नेतृत्वलाई जिताउन युवाहरु कम्मर कसेर लाग्नु पर्नेमा जोड दिए ।

सोही प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य कुमार थापा मगरले युवाहरुलाई सिर्जनशील तरिकाले पार्टीको नीति,सिद्धान्त र विचारलाई अंगीकार गर्दै युवाहरुको काँधमा आएको गहन जिम्मेवारीलाई पूरा गर्न दत्तचित्त भई लाग्नु पर्नेमा जोड दिदैं युवाहरु भविष्यलाई बुझ्न सक्ने क्षमताका संवाहक समेत रहेको बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा तिनाउका युवा नेता प्रेम श्रेष्ठ,विवेक सापकोटा एवम् विकास अर्यालले तिनाउमा आफूहरुको उपस्थिति विपक्षीहरुका निम्ति फलामको चिउरा सावित हुने बताउँदै राष्ट्रिय युवा संघले पाल्पामा माघ १० गते गर्ने युवा भेलाका निम्ति तिनाउबाट सक्दो धेरै युवाहरुलाई उपस्थि गराउने निर्णय समेत गरेको छ ।

- admin
- २०७७ माघ ६, मंगलवार २१:४८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया