६ माघ, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गरेको भारतीय कम्पनी भारत बायोटेकले आफ्नो खोपको लागि विभिन्न शर्त जारी गरेको छ ।
कम्पनीले आफ्नो कोभ्याक्सिन खोप एलर्जीको समस्या भएका, ज्वरो र अनियमित रक्तस्राव, रगत पातलो बनाउने औषधि खाइरहेका र प्रतिरक्षा क्षमता बढाउने औषधि लिइरहेका मानिसहरुलाई नलिन सुझाव दिएको छ ।
भारत बायोटेकले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै गर्भवती र बच्चालाई स्तनपान गराइरहेका महिलालाई पनि कोभ्याक्सिन नलगाउन सुझाव दिएको छ ।
साइड इफेक्ट
विज्ञप्तिमा कम्पनीका अनुसार कोभ्याक्सिन गम्भीर एलर्जिक प्रतिक्रियाको कारण पनि बन्न सक्छ । जसको कारण श्वासप्रश्वासमा समस्या, अनुहार तथा घाँटी सुन्निने, मुटुको गति बढ्ने, रिँगटा लाग्ने, कमजोरी हुनेजस्ता समस्या हुन सक्छ ।
भारत बायोटेकले कोभ्याक्सिनबारे फ्याक्टसिट जारी गरेको छ । जसमा सम्भावित नकारात्मक असरबारे जानकारी दिइएको छ । कोभ्याक्सिन खोपको अहिले तेस्रो चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । अहिलेसम्म यो खोप कति प्रभावकारी छ भन्ने जानकारी दिइएको छैन ।
भारत बायोटेकले खोप लगाए पनि मानिसहरुलाई कोरोना नियन्त्रणको मापदण्ड पालना गर्न सुझाव दिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मानिसलाई आफूले चाहेको कोरोना खोप लगाउने अनुमति दिएको छैन । तर, मानिसहरुले खोप लगाउने वा नलगाउने भन्ने निर्णय भने आफैं गर्न सक्छन् ।
भारतीय पत्रिका द हिन्दूका अनुसार कोभ्याक्सिन लगाएपछि अहिलेसम्म ४४७ जना मानिसमा यसको साइडइफेक्ट देखिएको छ । जसमध्ये तीन जनालाई अस्पतालमा भर्ना गरिएको थियो । यस्तोमा कोरोना खोपबारे सचेतना कार्यक्रम फैलाउनु जरुरी रहेको भारत बायोटेकले बताएको छ ।
- admin
- २०७७ माघ ६, मंगलवार १३:१८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया