६ माघ, बुटवल ।
ललितपुरको लुबुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएको छ । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताए अनुसार कोठाभित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार पोखरेल भेटेनरी सामानका सप्लायर हुन् । उनीहरुबीच पाँच महिना अघि मात्रै विवाह भएको थियो ।
पोखरेल दम्पत्तिसँगै फ्याल्टमा आमाबुबा पनि बस्ने गरेका थिए । तर, उनीहरु बालकोटस्थित छोरीको घरमा गएका वेला घटना भएको हो । आइतबार बिहानसम्म सम्पर्क भए पनि सोमबार बिहान फोन नउठेपछि उनीहरु घर जाँदा घटनाबारे थाहा पाएको भनिएको छ ।
प्रहरी सोमबार बिहान ११ बजे घटनास्थलमा पुगेको थियो । घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट प्रहरीले भेट्टाएको छैन । घटना पछाडिको कारण पत्ता लगाउन प्रहरीले अहिले आफन्तजनसँग सोधपुछसँगै उनीहरुको मोबाइल विश्लेषण गर्ने प्रयास गरिरहेको छ ।
महर्जनले बताए अनुसार घटनास्थलबाट बरामद मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाइएको हो । उनका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।
यसअघि २५ पुसमा काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए । हालसम्मको अनुसन्धानले सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको देखाएको छ ।
- admin
- २०७७ माघ ६, मंगलवार १२:५१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया