बुटवल, ०४ माघ । आइतबार ।
अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–११ ले संस्थाको तेह«ौं स्थापना दिवसको अवसरमा पाल्पाको रूरूक्षेत्रमा रहेका असहाय वृद्धवृद्धा (भक्त÷भक्तिनी) लाई सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खाद्यसामाग्री र व्यक्तिगत रूपमा असहायलाई नगद समेत गरी करीब ५० हजार रूपियाँ बराबरको सहयोग भएको त्यहाँबाट स्थनीय रामजीप्रसाद खनालले जानकारी दिनुभयो ।
सहकारीले त्यस अवसरमा चामल, दाल, आलु, चिनी, नून, तेल लगायतका खाद्यपदार्थ हस्तान्तरण गरेको थियो । सोही अवसरमा बुटवलका अटो व्यवसायी, आत्रेय रिकण्डिशनका प्रोप्राइटर एवम् सहकारीका सचिव कृष्णप्रसाद पौड्यालले असहायहरूलाई व्यक्तिगत रूपमा नगद बाइस हजार पाँचसय सहयोग दिनुभएको थियो ।
सहकारीका उपाध्यक्ष केशवराज पोखरेलको स्वागतमा भएको कार्यक्रममा ऋषिकेश तथा गायत्री मन्दिर समितिका अध्यक्ष फर्सुराम भट्टराई, वृहत् रूरू विकाश परियोजना संयोजक हिमाल श्रेष्ठ, स्थानीय जनप्रतिनिधि सीता ज्ञवाली लगायतले बुटवलको सहकारीले रूरूक्षेत्रका असहाय वृद्धवृद्धालाई सहयोग गर्ने काम उदाहरणीय भएको बताउनुभयो ।
अमरज्योति सहकारीले स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक दायित्वकै रूपमा लोककल्याणका कार्यक्रम अन्तर्गत रक्तदान, खाद्यान्न वितरण, कम्बल वितरण लगायतका काम गर्दै आएको संस्थापक अध्यक्ष मिनराज ज्ञवालीले जानकारी दिनुभयो ।


- admin
- २०७७ माघ ४, आईतवार १३:४७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया