२ माघ, बुटवल ।
पोखराबाट फोटोग्राफीका लागि मोरङ पुगेका एक व्यक्तिको सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । फोटोग्राफीका लागि पोखराबाट बोलाएका युवकको सामग्री चोरी गरेको आरोपमा झापाका दुईजना युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सोही स्थानका २० वर्षीय सारांश भट्टराई पक्राउ परेका हुन् ।
उनीहरुले चार हजार रुपैयाँ एडभान्स दिएर पोखरा महानगरपालिका–२० घर भई योर डिजिटल फोटो स्टुडियो सञ्चालन गरिरहेका विमल कार्कीलाई विराटनगर बोलाएको थियो । फेसन शो मा फोटोग्राफीका लागि भन्दै बोलाएका उनीहरु सामान चोरी गरी फरार भएका थिए ।
२४ पुसमा ई–सेवामार्फत चार हजार रुपैयाँ पेश्की पठाएपछि विराटनगर आएका थिए । २५ गते विराटनगर आइपुगेका विमललाई दुई युवकले मोरङको बूढीगङ्गा–१ स्थित आरएन होटल एण्ड लजमा राखेका थिए । होटलको कोठामा फोटोग्राफीसम्बन्धी सम्पूर्ण सामग्री राख्न लगाएर खाना खानका लागि भन्दै इटहरीको प्राइम होटलमा छाडेका थिए ।
विमललाई होटलमै छाडेर सामान लिएर फरार भएपछि प्रहरीमा उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले उनीहरुलाई घरबाटै बिहीबार साँझ नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकाहरुको साथबाट ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान, क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ वटा , ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माइक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान र लाइट १ थान बरामद गरेको छ ।
- admin
- २०७७ माघ २, शुक्रबार १८:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया