बि.स. २०७३।०९।२६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार आ.ब. २०७३।७४ देखि दश बर्षका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुरु भएको हो । नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्यबसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बिकास कार्यक्रम पर्दछ । राष्ट्र्रिय प्राथमिकता र स्थानीय उत्पादनका आधारमा तोकिएको वाली न्यूनतम ५०० हेक्टरमा सञ्चालन भएमा त्यस्तो क्षेत्रलाई जोन भनिन्छ । कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो र खासगरि नेपाल सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्मोग तथा तथा रुपान्तरण आधुनिक ब्यबसायिक र दिगो आत्मनिर्भर मार्फत कृषि क्षेत्रको बिकास गर्ने सोच राखेको छ । हाल सम्म ६९ जोन सञ्चालनमा रहेका छन् ।
कृषि क्षेत्रलाई आधुनिकिकरण, यान्त्रिकिकरण गर्दे फलफूल तथा वालीको उत्पादन र उत्पादत्व बृद्धि गर्न कृषिलाई ब्यबसायिकरण गर्नु यस कार्यक्रम सञ्चालनको मुख्य उदेश्य हुन् । परियोजनाको अवधि १० वर्षको हुनेछ र यस अवधिमा ३०० जोन पुराउने लक्ष्य रहेको छ । त्यसै अन्तर्गत गुल्मी जिल्ला पनि सुन्तला र कफि जोनको रुपमा घोषणा गरिएको जिल्ला हो । जसअनुसार गुल्मकिा बिभिन्न स्थानीय तह मधय कालिगण्डकी गाँउपालिकाको वडा नं २ र ३ पनि सुन्तला जोन क्षेत्र घोषणा गरेको थियो । कालिगण्डकी गाँउपालिकाको वडा नं २ अर्वेनी को कोट,भएकोट,निगाँरेमा र वार्ड न ३ जयखानिको लम्सराङमा सुन्तला खेति राम्रो भएको देखिन्छ ।
सुन्तला फलफूललाई खासगरि उपोष्ण फल भनिए पनि राम्रा जातहरु एष्ण हावापानीमा राम्रो खेति भएको देखिन्छ । यी ठाँउहरुमा सुन्तलाको लागि उपयुक्त हावापानी रहेको छ । सुन्तला खेतिको लागि हलुका दोमट र प्राङ्गरिक माटो उपयुक्त मानिन्छ र यी क्षेत्रहरुमा पनि माटो परिक्षण गर्दा उपयुक्त देखिएको छ ।अर्बेनि वडाका मुख्य सुन्तला पाईने कोट,भएकोट,निगाँरे जस्ता टोल र जयखानिको लम्सराङमा विगतका बर्षहरुबाट नै प्रशस्त सुन्तला खेति उत्पादन बिक्रि वितरण हुदै आएको छ ।
नेपाल सरकारले घोषण गरेको जोन अन्तर्गत समावेश भए पश्चात संघीय,प्रदेश र स्थानीय तह गाँउपालिकाबाट किसानले सहयोग तथा अनुदान प्राप्त गर्देै राम्रो उत्पादन र बिक्रि बितरण हुदाँ कृषक आत्मनिर्भर बन्दै गएका छन् । प्रशस्त मात्रामा उत्पादन हुने बिक्रि वितरणमा सहजता र नगदि रुपमा बेच्न पाईने हुदाँ कृषक आकषित छन् र यस बर्ष पोहोर बर्ष भन्दा ब्यबथित रुपमा खेति गरेको हुदाँ राम्रो उत्पादन हुने अनुमान गर्न सकिन्छ । यस कृषि जोन कार्यक्रमबाट ब्यबसायिक कृषक समुहहरु, सहकारी , निजि कृषक लाभाम्वित भएका छन् । प्रदिप गौतम
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
प्रतिक्रिया