पूर्वबाट सुनौलो लालि छर्दै झुल्किएको सुर्यले आफ्नो प्रकाश आगँनीको डिलमा फक्रिएका मखमलीमा फिजाउँदा तिहार आएको र दाजुहरू मुस्कुराएको आभाष हुन्छ । प्रत्येक मानव नाता (सम्बन्ध , प्रकृति र प्राणीलाई सम्मान दिन बनेका हरेक वर्ष आउने हरेक पर्वले मनमा हर्ष ल्याउछन ।
घरको पूजाकोठामा तामाको पालामा आमाले दियो बालेको देख्दा भगवानले आशिर्वाद दिएजस्तो लाग्छ, आरतीको थाली डुलाउँदै बजेको घण्टीले मष्तिस्कमा शान्ति प्रदान गर्दछ । चाडपर्वको निहुँमा रङ्गिएका भित्ताले हिर्दयमा ताजाँपन थपिदिन्छन ।
प्रथम दिन पंक्षी काग क्रमश कुकुर, गाई-गोरुलाई गरिने पुजाले मानव र जनावरको सम्वन्धलाई न्यानो पार्छ । वर, पिपल, आँप जस्ता वृक्षका पात नभइ शुभ कार्य सञ्चालन नहुने चलनले बोटबिरुवाको महत्व प्रष्ट्याउँछ । आहाँ कति रमाईलो तिहारको समय ।
फेरि उहि आँगनीको डिलमा मखमली मुस्कुराउँछ , जिवनको १२ १५ वर्ष सिकाईमा खर्च गरि जन्मभूमीमा बडेका आवश्यकता र प्रतिस्पर्धाकोलागि अनुकूलता नभेटि सुन्दर भविष्यको आशै आशमा पर्देशीएका म जस्ता लाखौं नेपाली दिदीबहिनीका दाजुभाइको निधारमा तिहारको सप्तरङ्गी टिकाले स्थान नपाउँदा मन निराश हुन्छ सबै रमाइलोमा वादल लाग्छ।।।
सबैको सहभागिता समेटेर पुराना पुर्खाले बनाएका चाडपर्व
तिहारमा दाईहरु सङ्गै नहुदा शुन्य लागिदिन्छ ।।।
धन्न वरदान बनेको आधुनिक साइन्सले उपहारस्वरूप दिएको नेटवर्क र मोवाइलले निराशा लागेको मनमा भिडियोमा खिस्स हासेको दाजुहरुको मुहार देखेर मन भूलाइदिन्छ नजिकै भएझैं बनाइदिन्छ र चित्त बुझाउन सिकाउँछ । आशै आसले अडिएको जिन्दगीमा अर्को यहि आशा सङ्गै आउने साल पक्कै सङ्गै तिहारको टिका लगाउने।।।। टाढा भएपनि हरेक बहिनी दिदीको माया आशिर्वाद सदैव दाजुभाइलाई गईरहन्छ ।
- admin
- २०७७ कार्तिक २९, शनिबार ०७:२९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया