मित्र उराठी गौतमद्वारा लिखित लकडाउनको उपहार नामक कविता संग्रहको शनिवार विहान एक कार्यक्रमका बीच साहित्यकार एवम् संस्कृतिकर्मी झपेन्द्रबहादुर जीसीले श्रीनगर अनलाईन मिडियाको कार्यालयमा विमोचन गरेका छन् ।
प्रमुख अतिथिका रुपमा रहेका जीसीले लकडाउनका बेला सिर्जनशीलताको उपज स्वरुप कविता संग्रह उपहार दिन सकेकोमा कवि गौतमलाई हार्दिक बधाई प्रकट गर्दै आगामी दिनमा समेत साहित्यमा कलम चलाउन अनुरोध गरे । कविता संग्रहमा विराट विषयवस्तुलाई समेटेका गौतमले सरल तरिकामा विचार र भावना पस्कन सफल रहेको बताउँदै प्रमुख अतिथि जीसीले गौतमको कलमले नेपाली साहित्य आकासमा नयाँ आयाम थप्न सक्ने औल्याए ।
उक्त पुस्तकको समीक्षा गर्दै लेखक तथा अध्येयता माधवकुमार पौडेलले मित्र उराठी गौतमको कवितामा लकडाउनको तिक्ततामात्र होइन लकडाउनबाट उन्मुक्तिको खोजी गरेको बताउँदै कवितामा इन्द्रेणी प्राप्त गर्न सकिने बताए । पौडेलले लेख्न र छाप्नका लागि रहर गरेरमात्र सो कवितासंग्रह बजारमा नआएको बताउँदै लकडाउनले दिएका कहरलाई मसिनो तरिकाले विश्लेषण गरी कविताका बान्कीमा संग्रह ल्याउन गौतम सफल रहेको सुनाए ।
सोही पुस्तकको समीक्षा गर्दै लेखक एवम् अधिकारकर्मी मीनाक्षी न्यौपानेले कवितामा लैङ्गीक समानता,न्यायको वकालत,विश्वव्यापीकरण र लकडाउनका तीतामीठा अनुभवहरुलाई लिपीबद्ध गरिएको बताउँदै पुस्तक पठनीय र संग्रहणीय रहेको उल्लेख गरिन् ।
उक्त पुस्तक विमोचन कार्यक्रममा कविता संग्रहका श्रष्टा मित्र उराठी गौतमले रचना गर्भ प्रस्तुत गर्दै आफ्ना कविता संग्रहका बारेमा समीक्षकहरुले मिहिन तरिकाले समीक्षा गरिदिएको र आफूले पनि साहित्य रचना गर्न सक्छु भन्ने आँट बढाई दिएको अनुभव सुनाए ।
कार्यक्रममा प्रलेस,नेपालका केन्द्रीय सदस्य मीनबहादुर रानाले स्वागत गरेका थिए । श्रीनगर अनलाईन मिडिया प्रालि,बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही अनलाईनका सम्पादक दलबहादुर गुरुङ र अध्यक्षता मिडियाका सञ्चालक मनीष पन्थले गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डाक्टर विष्णु गौतम,कलाकार प्रदीप गौतम,पुस्तक व्यवसायी माधव गौतमको समेत विशेष उपस्थिति रहेको थियो ।

https://www.facebook.com/watch/?v=348960633031294
- admin
- २०७७ कार्तिक ८, शनिबार १९:११
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया