तिलोत्तमा नगरपालिका ३, शंकरनगर, १२ श्रावण २०७५
सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था लि. ले आफनो स्थापनाको रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने कार्यक्रम अनुसार आज मिति २०७५ श्रावण १२ गतेका दिन शंकरनगर सामुदायिक वन अन्तर्गत पुष्पलाल पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष श्री चूडामणि खरेलको अध्यक्ष्ँता र प्रदेश नं. ५ का माननिय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री लिला गिरीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष श्री रुद्र प्रसाद श्रेष्ठले गर्नुभएको थियो । भने संचालक वृक्षारोपण कार्यक्रमका संयोजक तथा संचालक श्री नेत्रलाल वनले गर्नुभएको थियो । कार्यक्रममा प्रमूख अतिथि माननिय मन्त्री लिला गिरीले वनको महत्वको वारेमा प्रकाश पार्दै यसको सहि व्यवस्थापनको खांचो भएकाले आफु यसैमा लागिपरेको वताउनुभएको थियो । उहांले संस्थाले रजत वर्षको अवसरमा संचालन गरेको यस कार्यक्रमको प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार श्री अर्जुन ज्ञवाली, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्री राम गिरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको उद्घाटन माननिय मन्त्री श्री लिला गिरीले विरुवा रोपेर गर्नुभएको थियो ।
करीव २ अर्वको सम्पत्ति रहेको यो सहकारीमा ६ हजार ५ सय सदस्य रहेका छन् भने यो सहकारी प्रदेश नं. ५ को सवैभन्दा ठूलो र उत्कृष्ठ सहकारीको रुपमा परिचित रहेको छ ।
प्रतिक्रिया