लोक गीतबाट चर्चा कमाएकी चर्चित गायिका हुन् शीलु भट्टराई । तीज गीत र तिहारका गीतहरु गाएर उनले बजारमा नाम र दाम कमाइ सकेकी छन् । पछिल्लो समय उनको नाम नै काफी छ तीजका गीतहरुमा समेत । दमदार गीत गाउन माहिर मानिन्छन् उनी । यसवर्ष उनले चम्किए तरुनी तीजको गीत लिएर बजारमा आएकी छन् ।
अत्यन्तै ठट्यौली पारामा गाइएको र नृत्य अभिनय गरिएको सो गीतलाई धेरैले मन पारेका छन् । शीलु र खुमन अधिकारीको स्वरलहरी रहेको सो गीतको शब्द संयोजन रमेश बीसीले गरेका छन् । जेम्स बीसी र लोसिया एमसीले अभिनय गरेको सो गीतको निर्देशन क्रान्ति केसीले गरेका हुन् ।
तीजको पाहुरको रुपमा ल्याइएको सो गीतमा तन्नेरी र तरुनीका प्रसंग,माया प्रेम र जीवनका रमाईला पक्षहरुलाई समेटिएका छन् । तरुनीहरु रुपका कारण घमण्डी देखिएका छन् भने तन्नेरीहरु आफूहरु कुनै पनि कुरामा कम्ति नभएको सावित गर्दैछन् । गीतमा मस्त जवानीका लोभलाग्दा प्रसंगहरु जोडिएका छन् र त दर्शकहरु हेर्दै मख्ख छन् । यसवर्षको तीजमा बजार तताउन सक्ने अड्कल काटिएको सो गीतलाई आशीष म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।
https://youtu.be/IYOs2c6R4dc
- admin
- २०७५ श्रावण ९, बुधबार १५:३८
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया