नेकपाका संस्थापक नर बहादुर कर्माचार्यको पाँचौ स्मृति दिवस बुटवलमा विशेष कार्यक्रमका बीच बुधवार सम्पन्न भयो ।
admin
२०७५ श्रावण ९, बुधबार १५:११
नेकपाका संस्थापक नर बहादुर कर्माचार्यको पाँचौ स्मृति दिवस बुटवलमा विशेष कार्यक्रमका बीच बुधवार सम्पन्न भयो । उनको फोटोमा माल्र्यापण गरी सुरु गरिएको सो कार्यक्रमका मुख्य अतिथि बामबुद्धिजीवी तेजप्रसाद कंडेलले नर बहादुर कर्माचार्यले २००६ सालमा कम्युनिष्ट पार्टी स्थापनाका लागि पुराएको योगदानको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनलाई नजिकबाट बुझेको ब्यक्तिका रुपमा परिभाषित गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथिका रुपमा प्रदेश नं.५ का माननीय दिनेश पन्थीले कम्युनिष्टहरुले आफ्नो चरित्र र ब्यवहारलाई कम्युनिष्टको जस्तो बनाउनु पर्नेमा जोड दिदैं अरु पार्टीका नेता,कार्यकर्ता भन्दा कम्युनिष्ट नेता र कार्यकर्ताका बीच धेरै कुरामा भिन्नता हुनु पर्ने औल्याएका थिए । कार्यक्रमका प्रदेश सभा सांसदहरु वसन्त घर्तिमगर,आइपी खरेल लगायतले नर बहादुर र कम्युनिष्ट पार्टीसंग उनको समीप्यताका सन्दर्भमा प्रकाश पारेका थिए । कार्यक्रममा वामपन्थी कार्यकर्ताहरु र पत्रकारहरुको सहभागिता समेत रहेको थियो ।
नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान,बुटवलका अध्यक्ष अमर प्रधानको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेकपाका नेता चक्रब्यूह थापाको स्वागत र कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया