
यो वर्षको धान दिवसको नारा धान उत्पादनमा वृद्धि,आत्मनिर्भरता र समृद्धि हो । २०६१ मार्ग २९ बसेको मन्त्रीस्तरीय बैठकले नेपालमा असार १५ गतेलाई धान दिवस मनाउने निर्णय गरे अनुसार यो वर्षको धान दिवस १७ औं धान दिवस हो ।
संसारको सबैभन्दा अग्लो ठाउँमा धान फल्ने देश हाम्रै हो । जुम्ला जिल्लामा पर्ने जिउलो भन्ने गाउँमा तीन हजार ५० मीटर उचाइँमा जुम्ली मार्सी धान उत्पादन हुन्छ । सो जुम्ली मार्सी धानलाई नेपाल सरकारले आफ्नो हुलाक टिकमा सम्वत् २०६१ कार्तिक १८ गतेदेखि छापेको छ ।
हामी नेपाली एकले अर्कालाई भेट्दा वा खाना खाने उपयुक्त समयमा भात खाईस भनेर सोधेका हुन्छौं ? भात नभई नहुने हामी नेपालीहरुले यसको विकल्प कम खोजेका छौं । कूल ग्राहस्थ उत्पादनमा धानको योगदान १२ प्रतिशत् रहेको छ । यो अर्थमा पनि हामी नेपालीहरु यसै भाते भनिएका होइनौं कि ?
देशका ७७ जिल्लाहरुमध्ये मनाङ र मुस्ताङमा( अति नै कम) बाहेक सबै जिल्लामा खेती भएता पनि झापामा यसको धेरै उत्पादन हुँदै आएको पाइन्छ । समग्र प्रदेशको हिसावले दुई नम्बर प्रदेश नै धान बढी उत्पादन हुने प्रदेशका रुपमा मानिन्छ । यसै गरी कर्णाली प्रदेश धान कम उत्पादन गर्ने प्रदेशभित्र पर्दछ ।

संसारका एक सय १३ देशमा धान उत्पादन हुने गर्छन् भने चीन संसार मै धान बढी उत्पादन गर्ने देश हो । भारत दोस्रो देशमा पर्छ र जापान १० औं मुलुकमा पर्दछ । नेपाल धान उत्पादन गर्ने मुलुकमध्ये १८ औं मुलुकमा पर्दछ । नेपालमा पहिलो पटक ललितपुरको इमाडोलमा धान खेती गरिएको थियो ।
धानखेतीमा माछापालन गर्दा प्रतिहेक्टर पाँच सय २९ केजी माछाको साथै धानको उत्पादनमा समेत १२ प्रतिशतले बढ्ने गरेको धान सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकहरुको प्रतिवेदन छ । साथै उनीको प्रतिवेदनले धानबालीका लागि २२ डिग्री सेल्सियसभन्दा बढि तापक्रम उपयुक्त हुँदैन । सोभन्दा बढी तापक्रम भएमा धानको बालामा दाना लाग्दैन र नपुंसक भएर जान्छ । नेपाललाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यक परेता पनि अहिले हाम्रो देशमा ५० मेट्रिक टनको दरले धान उत्पादन हुँदै आएको पाइन्छ ।

सिंचाइ र रासायनिक मलखादको अभाव,उपयुक्त वैज्ञानिक कृषि प्रणालीको अज्ञानता (धान दिवसकै दिन धान रोप्ने मेसीनबाट धान रोपेर उद्घाटन गर्न उदयपुर पुगेका कृषि तथा पशुपंक्षीमन्त्री माननीय घनश्याम भुसाल सो मेसीन चलाउन सक्ने जनशक्ति नभएका कारण मेसीनबाट धान नपरोपी त्यसै फर्के ।) सक्षम तथा दक्ष कृषि जनशक्तिको अभाव र पुरानो शैलीले खेती गर्ने संस्कार एवम् पद्धतिकै कारण नेपालमा धान खेती सोचे जति हुन नसकेको सत्य हो । त्यतिमात्र होइन उपयुक्त समयमा आवश्यक बीऊबीजन,औषधि र कृषि ज्ञानको अभावले समेत धान उत्पादनमा कमी आएको पाइन्छ ।
राष्ट्रिय कृषि गणना २०६८ ले ७५ प्रतिशत् किसानका जमिन एक हेक्टरभन्दा कम रहेको देखाएको छ । यसो भएपछि व्यवसायिक खेती सम्भव छैन । यसको अर्थ अझ्ै पनि मुठ्ठीभर महाजनका भागमा जमिन रहेका छन् । जसले खेतीकिसानी नै गर्दैनन् उत्पादनमा समेत असर पार्दछन् ।

राष्ट्रिय कृषि गणना २०६८ ले नेपालमा ७१ प्रतिशत् जनसंख्या कृषिमा निर्भर रहेको देखाएको छ । पहिलेको जनगणनाको तुलनामा कृषि पेसामा हुनेहरुको प्रतिशत् घट्दै गएता पनि नेपाल जीवनस्तर सर्वेक्षण( २०६७/२०६८) का अनुसार पनि औषतमा ७६ प्रतिशत् घरपरिवार कृषक परिवारका रुपमा रहेको देखाउँछ । सहरी क्षेत्रमा कूल रोजगार मध्ये ३२.२ कृषिले रोजगार दिएको छ । ग्रामीण क्षेत्रमा करिव ८०.१ प्रतिशत् कृषिमा नै आधारित रहेको देखिन्छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया