
नेपालमा राजनितिक परिवर्तन धेरै पटक भए तर नेपाली जनताको परिवर्तन कहिलै पनि हुन सकेन जहिले पनि केही समुहको र सिमित ब्यक्तिको मात्र परिवर्तन भयो l राजनीति परिवर्तन सङ्गै जनताको परिवर्तन हुन जरुरी हुन्छ जब सम्म जनताले परिवर्तनको महशुस गर्न सक्दैनन् तब सम्म जतिनै राजनीतिक परिवर्तन हुँदापनि वास्तविक राजनीतिको अर्थ सावित हुदैन जो नेपालको सन्द्रवमा भैरहेको छ l राजनीतिलाई नेपालमा गलत नजिर बसालिएको छ एउटा पुस्ता जो राजनीतिलाई सुन्नपनी रुचाउदैन किनभने राजनीतिको फोहोरी खेल नेपालमा खेलिएको छ l राजनीतिलाई सामाजिक सेवा हो भनेर बुझाउन नसक्नु र राजनीतिक दलहरूले समाजसेवाको नाममा मनपरि सेवा देखाउनु नाताबाद कृपाबाद लोभ लालचम रुचि राख्नु इत्यादि कार्यले आम नागरिकमा राजनीति नकारात्मक तरिकाले परिभाषित भएको छ l
२००७ सालमा १०३ बर्ष सम्मको राणा शासनको अन्त्य हुँदै प्रजातन्त्रको स्थापना भएको थियो l प्रजातन्त्रको स्थापना सङ्गै जनतामा परिवर्तनको महशुस त गरियो तर जनताको समस्याहरु जस्ताको तस्तै रहिआएको छन l २०३७ सालमा जनमतसंग्रह , २०४६ सालको जनआन्दोलन , सालको २०४७ सालमा नयाँ संविधान घोषणा , २०५२ सालमा मावोबादी द्वारा जनयुद्धको घोषणा ,२०५८ सालमा राजदरबार हत्याकाण्ड राजा बिरेन्द्रको बंश नाश , २०६१ सालमा राजा ज्ञानेन्द्रद्वारा नेपालको शासन सत्ता कब्जा , २०६२ सालमा नेपालका ५ राजनिती दल र तत्कालीन बिद्रोही मावोबादी बिच नयाँदिल्लीमा १२ बुदे सहमति , २०६२/६३ को जनआन्दोलन पश्चात राजसस्थाको अन्त्य हुँदै मुलुक गणतन्त्रमा प्रवेश ,२०६४ सालमा संविधान सभाको पहिलो निर्वाचन , २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन र २०७२ सालमा नयाँ संविधान जारी हुँदै अहिलेसम्म राजनीतिक परिवर्तन हुँदै छन l
राजनीतिक परिवर्तनलाई शुरूवात देखि अहिलेसम्म अध्यन गर्दा पनि जतिसुकै राजनीति परिवर्तन भएपनी हाम्रो देश परिवर्तन हुन सकेन आमनागरिकहरुले परिवर्तनको महशुस गर्न सकेनन l नागरिकको जनजीवनमा परिवर्तन हुन सकेन कतैबाट परिवर्तनको आभास नहुनु आमनागरिकका समस्याहरु जुन अवस्थामा थिए अहिलेसम्मपनि त्यही अवस्थामा हुँदा राजनीतिक खोल ओडेर अगाडि पछाडी लाग्ने हरुमा धेरै परिवर्तन भएको उदाहरण छन l
जनताको नाममा गरिएको परिवर्तनले जनतामा परिवर्तन ल्याउन नसक्नु कस्तो खालको परिवर्तन हो यो एकदम चासोको बिषय बनेको छ l
अहिलेसम्म जनताको नाम झुण्डाएर गरिएका आन्दोलन या जनयुद्धहरुमा सबैभन्दा बढी क्षति आमनागरिक हरुले नै बेहोर्नु परेको छ l हिजो चप्पल लगाउदै सिल्टिको थालमा खाना खानेहरु ठुला ठुला महलमा ऐस आरामदायी बिलाशितको जीवन बिताउन ब्यस्त हुँदा त्यो बेलामा तिनीहरुलाई साथ दिने जनताहरु भने एकछाक टार्नपनी गाह्रो छ के यहि परिवर्तन हो ? आखिर कहिलेसम्म जनताले आफ्नो अधिकारको लागि ज्यान गुमाउनु पर्ने हो ? राजनीतिक नेता तथा कार्यकर्ता कुनै श्रमबिना रातारात मालामाल हुँदा आमनागरिक भने जिवनभरी श्रमगर्दापनी सामान्य जिविकोपार्जन पनि कठिनाइ हुनु के यहि हो राजनीति परिवर्तन ?
सन्सारका महँगो सुविधा सम्पन्न बिलाशिताको जीवन जिउन रमाउनेहरुले गरिबीको मुल्यांकन गर्न सक्दैनन् l आफ्नो बिगतलाइ बिर्सेका नेतृत्व आज आमनागरिकहरु प्रती दिनप्रतिदिन घात गर्दै छन l चुनावका बेलामा जनताको माझमा पुग्दा निकै मिठास कुरा गर्दै २ चौटा मासुमा भोटको खेती गर्न पल्केकाहरुलाइ अब आमनागरिकले बहिष्कार गर्नु पर्छ आखिर कहिलेसम्म हामिले तिनिहरुको लागि सत्ताको भर्र्याङ् बनिरहनु ? हामिले हाम्रो रगत पशिना बगाउदै उनीहरुको लागि कहिले सम्म संघर्श गरिरहने ? दसकौ देखि यिनिहरुको नियत सुध्रीएला भनेर आशाको दियो कुर्दै बसेका हामी त्यो दियोले प्रकाश दिएन भने के काम त्यो दियोको ?
जताततै राजनीति गरेका छन पुस्तौ सम्मलाइ पुग्ने अकुत सम्पती कमाएका छन जनताको रगत र पशिनामा रमाएका छन l राजनीतिक कुसंस्कारको बिकाश गरेका छन l राजनीतिलाई फोहोरी खेल बनाएका छन l सत्तालाई जसरिपनि आफ्नो पोल्टामा पार्ने बाहेकको परिवर्तन चाहेनन् हाम्रा नेतृत्वहरु जब सम्म लोभी र पापिहरु राजनीतिको अग्रता कायमै राख्दछन तब सम्म जनताहरु सुखको सास फेर्न नपाउने देखिन्छ l राजनिती लाई ब्यवसाय तथा पेशा बनाउदै रातारात आफ्नो जिवनसैली अप्त्यारिलो तरिकाले परिवर्तन गर्न सफल भै रहन्छ तब सम्म देश बन्दैन ब्यक्ति मात्र बनिरहन्छन l
राणालाई फाले आफै राणा बने, पन्चायत फाले आफै पन्चे बने, बहुदल फाले आफै बहुदलीय बने, राजा फाले आफै राजा बने यहि हो राजनीतिक परिवर्तन ? भागबन्डा नमिल्दा झै झगडा गर्दै नाटक गर्ने हरु भागबन्डा मिल्नसाथ चुपचाप हुन्छन l जताततै भागबन्डा छ अनुभवीलाई बाइपास गर्दै राजनीतिक भागबन्डाले लथालिङ्ग बनाएको छ l जबसम्म जनता सचेत भएर मन र मत परिवर्तन गर्न सकिदैन तबसम्म न यो देश बन्छ न यहाँका आमनागरिकहरुले सुख र खुसिको सास फेर्न पाउने छन l हामी आमनागरिक हरु स्वतन्त्र हुनु पर्दछ बुझेर नेतृत्व छनोट गर्नु पर्दछ हामिले समान रुपमा पाएको अधिकार मतदान मात्र हो यसलाई सदुपयोग गर्नु हाम्रो ठुलो जिम्मेवारी हो दुरुपयोग गरेउ भने सधै ब्यक्ति बनिरहन्छन देश बन्दैन हामी दुख पाइरहन्छौ l
अहिलेसम्मको नेतृत्व हेर्दा अधिकारको लडाइँमा सफलता भएका र बिकासको लडाइँमा असफलता देखिन्छ l सोझा र सहनशीलताको फाइदा उठाउन लागि परेका छन राजनीतिक दलहरु आलोपालो प्रणालीअनुसार देशमा लुटतन्त्र मच्चाउन सफल भएका छन l दिनप्रतिदिन भ्रष्टाचार मौलाउदै गएको छ नैतिकता गुम्दै गएको छ अनुशासन हराउदै गएको छ बेरोजगारीको समस्या झन जटिलता तर्फ गएको छ l राजनीतिक दलमा आवद्व बाहेकलाइ नेपालमा रोजगार पाउने संभावना न्यून छ l आफ्नो स्वार्थमा सिङ्गो देशलाई बन्धक बनाउने प्रविती हावी भएको छ l
२०६३/६३ को आन्दोलनमा राजसस्थाको कारणले देशमा बिकास हुन सकेन भनी जनतालाई आन्दोलित बनाउदै राजाको शासनको अन्त्य त भयो तर एउटा राजा हटाएर हजारौं राजा बनेका छन l यति धेरै राजाहरुलाइ कहिले सम्म गरिब जनताले पालिरहने ? के का लागि पाल्ने? अब हामी जनताले सोच्नै पर्ने भएको छ राजनीतिक दलहरुले सत्तामा रमाउदै जनताले दिएको म्यान्डेटलाई लत्याउदै राज्यको ढुकुटी रित्याएका छन l
ब्यवस्थापनी अचम्मित छ एकपटक राजनीति बाट नेतृत्वमा पुगेपछि राज्यबाट आजिवन सेवा सुबिधा लिन लाज मान्दैनन हाम्रा नेताहरु राजनितीलाई पेशा प्रमाणित गरेका छन जस्तै केही समयसम्म जागीर गरेपछी पेन्सनको ब्यवस्था छ राजनीतिमा पनि भुपुको नाममा पेन्सन लिन कतिपनी लाज मान्दैनन l आखिर कहिले सम्म यस्तो बेवस्थाको जगेर्ना गरिरहने हो हामी गम्भीर हुन जरुरी छ देश झनझन गरीबी तर्फ धकेलिदै छ एउटा नेपाली भएर जान्मिदा करीब ३९०००/- को रिणि भएर जन्मनु पर्ने बाध्यता छ l राज्यलाइ कर तिरेका छौ तर सजिलोसँग राज्यले आमनागरिकलाई सेवा सुबिधा दिन सकेको छैन l राज्य आफ्नो हरेक दायित्वबाट पन्छिन खोजिरहेको छ जता बढी ब्यक्तिगत लाभ हुन्छन त्यतै ढल्किदै छ l
जबसम्म नेताकार्यकर्ताहरुले राजनीतिलाई समाजसेवाको रुपमा ग्रहण नगरी आफ्नो पेशा तथा ब्यवसाय बनाइरहन्छन तबसम्म सुसस्कृत राजनीतिको बिकाश हुदैन l जबसम्म राज्य एउटा सिस्टम बाट चल्दैन मनपरि तन्त्रहरु हावी हुन्छन् तबसम्म देशमा आर्थिक क्रान्ती हुन सक्दैन l जबसम्म आमजनता सङ्ग प्रत्यक्ष सरोकारका निकायमा राजनीति भागबन्डाको नियुक्ति रोकिदैन तबसम्म जनताहरु हरेक अधिकार बाट बन्चित हुनेछन l जबसम्म नेताहरू आफ्नो स्वार्थमा लागिरहन्छन तबसम्म देशको बिकाश हुदैन l जबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुदैन तबसम्म नागरिकको जीवन कस्ट्कर भैरहन्छ l जबसम्म न्यालयमा राजनिती रोकिदैन तबसम्म जनताहरु छट्पटीमा बाच्नुपर्छ l
केशवराज खनाल बुटवल -१३ रुपन्देही
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया