दीपमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
बुटवल, साउन–४।
दीप बोर्डिङ हाई स्कूलमा शुक्रबार कक्षा १२ का विद्यार्थी तथा विद्यालयद्वारा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई टीका, खादा तथा मायाको चिनोद्वारा स्वागत गरेका थिए ।
यसका साथै कार्यक्रममा विद्यालयको प्लस टु तर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, नतिजा ल्याउन अहोरात्र खट्ने शिक्षक शिक्षिकाहरू तथा कर्मचारीहरूलाई विद्यालयले खादा र प्रशंसा पत्रद्वारा सम्मान गरेको थियो भने डि आइ डी लिटिर मास्टर नृत्य प्रतियोगिताको दशौँ स्थानमा पर्न सफल दीप बोर्डिङ हाई स्कूलको कक्षा ५ मा अध्ययनरत विद्यार्थी रिदेश बस्याल र उनका अभिभावकलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय हाँस्यव्यङ्ग्य कलाकार जितु नेपाल‘मुन्द्रे’ले कार्यक्रममा उत्प्रेरणामूलक विचारसँगै हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूको सभाध्यक्षता, रोटरी इन्टरनेशनल ३२९२ का पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरीको प्रमुख आतिथ्यता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख टीकाराम अर्यालको विशिष्ट आतिथ्यता, बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख लोकराज पन्थी, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार जितु नेपाल मुन्द्रे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उप प्राचार्य त्रय कलाधार अर्याल, ज्ञानु थापा र सुरेद्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशी, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझी, विज्ञान सङ्कायका संयोजक कमल नेपाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ की छात्रा मञ्जिला ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय र विद्यार्थी द्वय स्वप्नील कोइराला र जेसिका रायमाझीले संयुक्त रूपमा गरेका थिए
https://youtu.be/9PGsxbFOf8U
- admin
- २०७५ श्रावण ४, शुक्रबार १४:३४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया