
परिवर्तन भनेको फेरिनु हो, यो निरन्तर प्रक्रिया हो । हिजो जे थियो, आज त्यस्तो छैन र भोलि अर्कै भइसक्छ । अन्नको दानो भुइँमा पर्छ, माटो र हावा—पानीको संयोगले त्यो उम्रिन्छ । दानो रहेन, विरुवामा फेरियो । माटो, पानीपाएन, सुक्यो । चाहिनेभन्दा बढी गड्यो, सहन सक्नेभन्दा बढी पानीप¥यो, गल्यो, कुहियो । त्यो अन्नको दानो रहेन, त्यो हेर्दाहेर्दै अर्कै भयो । यस्तो हुनु परिवर्तन हो, फेरिएको त हो तर यसले सुखद परिणाम दिएन । एउटा अन्नको दानोले सुखद परिणाम दिनमाटो,पानी, मल, हावानभई हुँदैन र त्यही बढी हुनपनिहुँदैन । त्यहीदानो माटो, पानी, हावा, मल, गोडमेल पायो,हुर्कियो, फूल्यो, फल्यो, सुखद परिणाम प्राप्तभयो । सुखद अवस्था प्राप्त हुन वस्तु उही भएर मात्र हुँदैन, मात्रा मिल्नुपर्छ । मिल्नु अनुकूल हो, नमिल्नु प्रतिकूल । सँगै हुदैमा मिलेको हुँदो रहेनछ । ठिक्क हुनु मिलेको हुँदो रहेछ । यो विषय अन्यत्र पनि लागू हुन्छ ।
विकास भनेको मानवीय सुझबुझ र प्रयत्नबाट हुने परिवर्तन हो । विकास मानवीय हितहरूका लागि हुने हो, गरिने हो । योजनाबद्ध क्रियाकलापबाट प्राप्तहुने परिणाम विकास हो । मानिस विकासको कुरा गर्छ, योजना बनाउँछ, सफल हुन प्रयासशील रहन्छ ।
मानिस सामाजिक प्राणी भएकोले मानवकृत विकास मानवहितमा हुन्छ । मानवहितमा हुन सबै(धेरै) मानिसको प्रयत्न आवश्यक हुन्छ । धेरै मानिस मिलेर गर्नुपर्ने कामका लागि त्यहाँ नीति—नियम, संगठन,संरचना र जिम्मेवारी विभाजन गरिएको हुन्छ । उपभोक्ता संस्थाहोस्, आमा समूह, क्लब, खेलकुद टीम होस् वा सहकारी संस्था, विद्यालय, सामुदायिक—सामाजिक संस्था वा व्यापारी—व्यवसायीका संस्थाहोस् वा सरकार । मात्रा, दायरा फरक हुन्छ, तर नमुना उही हो, कोषाध्यक्ष हुन् वा अर्थमन्त्री काम उस्तै हो । विद्यालयका प्रधानाध्यापक हुन्, पालिकाका प्रमुख प्रशासकीय अधिकृत वा मुख्य सचिव, काम उस्तै हो । यसरी नीति—नियम र जिम्मेवारी सहितको संरचनाबाट मानवविकास, मानव समाज विकासको अपेक्षा गरिएको हुन्छ र यसै गरिँदै आएको छ । राजनीतिक व्यवस्था तथा प्रणालीमा आएका परिवर्तन पनि यिनै प्रयासहरूको परिणाम हो ।
लोकतान्त्रिक शासन प्रणाली हुनु भनेको लोकतान्त्रिक समाज हुनु हो । लोकतन्त्रमा जनतालाई विभिन्न माध्यमबाट विचार प्रस्तुत गर्ने, संगठित हुने, संगठित गर्ने अधिकार प्राप्त हुन्छ । यी अधिकारका सीमा हुन्छन् । सीमा कानुनले तोकेको हुन्छ । कानुनभन्दा बढी वा बाहिर हुन पाइँदैन । तर, जनताका लागि पर्याप्त भएन भने, राज्यलाई व्यवस्थापनमा कठिनाइ भयो वा हुन सक्ने भयो भने नीति—नियम, कानुन फेरिन्छ । यो कानुन फेर्ने काम वा जिम्मेवारी जनताले नै छानेका प्रतिनिधिहरूमा रहेको हुन्छ । त्यसैले जनताका विषयमा निर्णय गर्न सक्ने अधिकार राख्ने प्रतिनिधिहरूले राज्य, समाज र जनताको आवश्यकता बुझेको हुनुपर्दछ । जनताले पनि यसै अनुसारका प्रतिनिधि छान्नु पर्दछ ।
दलीय व्यवस्थामा केही अपवाद बाहेक जनप्रतिनिधि दलसम्बद्ध हुन्छन्, अर्थात् हाम्रा प्रतिनिधिहरू पार्टीका नेता—कार्यकर्ता नै हुन्छन् । यसरी उनीहरू जनताप्रति, कार्यकर्ताप्रति र पार्टीप्रति जिम्मेवार हुन्छन् । दलीय व्यवस्थामा जनप्रतिनिधिहरूलाई पार्टी बाहिर राखेर हेर्न, बुझ्न सकिँदैन र बुझ्न पनि हुँदैन । दलीय व्यवस्थामा प्रचलित कानुनको प्रतिकूल नहुने गरी पार्टीको दृष्टिकोणमा आधारित रहेर सरकार सञ्चालन गर्ने गरिन्छ । कतिपय अवस्थामा देशको सर्वोच्च विधायी संस्था संसदका सदस्य (हामीले चुनाव जिताएर पठाइएका प्रतिनिधि) हरूलाई संसदीयह्वीप (विशेष निर्देशन) जारी गरिन्छ । दलीय व्यवस्थामा यी विषय संवैधानिक प्रावधान अन्तर्गत नै हुन्छन् ।
यस्तो अवस्थामा सरकारको प्रभावकारिताको लागि पार्टीको प्रभावकारिता आवश्यक हुन्छ । लोकतन्त्रको प्रभावकारिताको लागि पार्टीको प्रभावकारिता आवश्यक हुन्छ । समाजको लोकतान्त्रीकरणको लागि पार्टीको लोकतान्त्रीकरण आवश्यक हुन्छ । यी सबै कुरा सत्तापक्षको सन्दर्भमा मात्र होइन, प्रतिपक्षीहरूको सन्दर्भमा पनि लागू हुन्छ । सबै तहको नीतिनिर्माण गर्ने ठाउँमा सत्तापक्ष र प्रतिपक्ष हुन्छन् । प्रतिपक्षमा हुनु भनेको सरकारका हरेक प्रस्तुतिको विरोध मात्र होइन र सत्तामा हुनुको अर्थ प्रतिपक्षको कुरै नसुन्नु पनि होइन । सरकारका प्रस्तुतिमा प्रतिपक्षको सहमतिका उदाहरण नेपाली राजनीतिमा देखिने गरेका सुखद प्रसंग छन् । प्रतिपक्षको असहमतिलाई अन्यथा लिनु पनि हुँदैन, यस्तो हुनु अस्वाभाविक होइन ।
समाजमा रहेका विविधता, अनेकौँ प्रकारका अन्तर्विरोधहरू, दार्शनिक सैद्धान्तिक मान्यताका कारण दलहरूकाबीचमा र दलभित्रै पनि नेता नेताका बीचमा रहन सक्ने वा रहेका मतभिन्नता पनि अस्वाभाविक होइनन्, तर अस्वाभाविक के हो भने उपस्थित विषयवस्तुमा पार्टीभित्र स्वस्थवहस नचलाइनु हो । पार्टी भनेको केन्द्र मात्रै होइन, यसका अन्यतहहरू पनि पार्टी नै हुन् । केन्द्रमा रहेका नेतामात्रजान्ने बुझ्ने हुन्छन् भन्ने हुँदैन । संख्याका कारणले पार्टीको एउटै तहमा सबै योग्य मानिसहरू अटाउँदैनन् । सबै विषयमा सबैले नबुझेका होलान्, तर धेरै विषयमा, केहीविषयमा कुनै तहको नेतृत्व गर्ने वा नगर्ने पार्टी कार्यकर्ता पनि जान्ने बुझ्ने वा जाने बुझेका हुन्छन् । यति मात्र होइन, राजनीतिक पार्टीमा संगठित नरहेका समाजका अन्य व्यक्तिहरू पनि विभिन्न विषयका योग्य हुन्छन् । हरेकको योग्यता समाजको लागि महत्वपूर्ण हुन्छ । योग्यता—अयोग्यतालाई राजनीतिक संलग्नता वा असंलग्नताले निर्धारण गर्दैन । नेतृत्वकर्ताले समाजमा र पार्टीमा रहेका सबै प्रकारका योग्य—विज्ञहरूका योग्यता—विज्ञता समेट्नु पर्दछ ।
अहिले नेपाली राजनीतिमा पार्टीहरू व्यवस्थित देखिँदैनन् । ठूला भवनमा कार्यालय छन्, कर्मचारी र भौतिक स्रोत—साधन छन्, तर विचार संरचना (सिद्धान्त, विचार) सँग मानवीय संरचना(संगठन) जोडिएको देखिँदैन । हल्ला र मिडियाका नियोजित प्रक्षेपणबाट समाज प्रभावित देखिँदैछ । हुर्कँदै गरेको नयाँ पुस्तामा नेपालमा ठूलो राजनीतिक आन्दोलन, क्रान्ति गरेर प्राप्त भएको अमूल्य राजनीतिक उपलब्धि लोकतन्त्रप्रति, राजनीतिप्रति उदासीन मात्र छैन, राजनीति भनेको हल्ला हो, आफूले जित्न र शक्तिआर्जन गर्न जे गरे पनि हुन्छ, आफैले केही पाइँदैन भने किन केही गर्ने आदि स्वार्थपरक दृष्टिकोणहरू विकास भइरहेको छ । आन्दोलन र क्रान्ति गरेको पुस्ताले राजनीतिलाई संस्थागत र वैचारिक दिशा नदिने हो भने नेपाली समाजको सकारात्मक विकास र संस्कृति निर्माणमा गम्भिर नकारात्मक असर हुने देखिँदैछ । यो विषय राजनीतिक पुस्ताका हिसाबले मात्र नभई देशकै राजनीतिक विकासका दृष्टिले समेत हानिकारक हुन सक्दछ । राजनीतिक दलहरूले बेलैमा यो कुरा बुझ्न आवश्यक छ ।
यहाँ विकास र राजनीतिको विषयमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण रहेको तर्फ संकेत गर्ने प्रयास गरिएको हो । जहाँ राज्यको तर्फबाट हुँदै गरेका कामहरू धेरै सीमितता र जटिलता सँगै अघि बढ्ने गर्दछन् । त्यहीँ थुप्रै सामाजिक विषयका उपलब्धि त पार्टी परिचालनको माध्यमबाट सहजतापूर्वक हासिल गर्न सकिन्छ ।
धर्म—संस्कृतिका विषयमा स्थानीय स्तरमा पार्टीपंक्ति परिचालन गर्न सकिन्छ । स्थानीय विशेषताहरूबारे समान जानकारी निर्माण गर्न सकिन्छ । बोक्सा—बोक्सीको आरोपमा अमानवीय अपमानबाट मुक्तगर्न स्थानीय पार्टी परिचालनबाट सम्भव छ । दाइजो, तिलक प्रथाबाट आक्रान्त समाजलाई सबै पार्टीको संयुक्त परिचालन मुक्तगर्न सकिन्छ । जातीय छुवाछुतको विभेदबाट नेपाली समाजलाई कलंकमुक्त गर्न स्थानीय पार्टी परिचालन प्रभावकारी माध्यम हुन सक्दछ । महिला हिंसा अन्त्य गर्न स्थानीयपार्टी गतिविधि तीव्र पार्न सकिन्छ । महिला—पुरुष श्रमिकका बीचमा रहेको समान काम, असमान पारिश्रमिकको समस्या समाधान गर्न स्थानीय पार्टी परिचालन प्रभावकारी हुनेछ । शिक्षा, स्वास्थ्य, सरसफाई बारे जनचेतना बढाउन र संक्रामक रोगहरूबाट जोगाउने सचेतनता अभियानमा स्थानीय स्तरमा पार्टी परिचालन गर्न सकिन्छ ।
मौसमी—बेमौसमी खेतीपाती, पशुपालन, साना उद्यमको माध्यमबाट स्वरोजगारी सिर्जनामा स्थानीय पार्टीहरूको भूमिका महत्वपूर्ण हुन सक्दछ । गाउँ—गाउँमा, टोल—टोलमा स्थानीय पार्टी परिचालनको माध्यमबाट सचेतना विस्तार गरी समृद्धिमा टेवा पु¥याउन सकिन्छ । स्वेच्छिक सामाजिक स्वयंसेवी काममा पार्टी—पार्टीका बीचमा प्रतिस्पर्धा भई समाजको सकारात्मक विकासमा आशातीत उपलब्धि प्राप्त गर्न सकिन्छ । सकारात्मक सामाजिक विकासको लागि स्थानीय पार्टी परिचालनबारे योजना बनाएर लाग्न आवश्यक देखिन्छ ।
पार्टी भित्रका ठूला विषयका वहसमा पनि स्थानीय नेता—कार्यकर्ताको योजनाबद्ध सहभागिताबाट सकारात्मक राजनीतिक संस्कृति विकास गर्न सहयोग पुग्छ । जनमुखी, प्रतिस्पर्धी, सक्षम नेतृत्व विकासका लागि पनि स्थानीय पार्टी परिचालन महत्वपूर्ण हुन सक्दछ । सकारात्मक सामाजिक विकासका लागि पार्टीका स्थानीय तहको परिचालनले वास्तविक अर्थमा जनसशक्तिकरण हुन सक्दछ । पार्टीका विषयमा अनर्गल विषय उछाल्ने, हल्लाका आन्दोलनमा सहभागी हुने, नकारात्मक क्रियाकलापमा सहभागी हुने लगायतका सामाजिक विसंगतिबाट समाजलाई मुक्त राख्न र सकारात्मक सिर्जनशील मनोविज्ञान विकास गर्न स्थानीय पार्टी परिचालन अनिवार्य देखिन्छ । (स्थानीय पार्टी भन्नाले पार्टीका स्थानीय तह भन्न खोजिएको हो ।)
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया