
आजभोलि कतिपयले भन्ने गर्नुहुन्छ “यो कोरोनाको त नाम सुन्न मन लाग्दैन । समाचार सुन्यो जतिवेला पनि कोरोना पत्रिका हे¥यो हरेकमा कोरोना । अनलाइन खवरहरु हे¥यो त्यसमा पनि कोरोना साथीभाइहरुसँग भेट भयो उनीहरुले गर्ने कुरा पनि कोरोना । कसैसँग मोवाइलमा फोन सम्पर्क ग¥यो उनीहरुले भन्ने त्यही कोरोना । कोरोनाको नाम सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।” कुरा सोहै आना ठीक हो । आजभोलि मानिसका मुखमामात्र नभएर शरीरमा समेत कोरोनाको बास छ अनि कोरोनाको वारेमा कुरा नगरेर के गर्ने ?
कोरोनाको कहर आरम्भ भएदेखि यसबाट बच्ने उपाय, विश्वमा यसले पु¥याएको क्षति, नेपालको अवस्था, यसको दीर्घकालीन असर, यसले दिएका सास्ती, सास्तीबाट सिक्ने कुराहरु, यसले दिएको सन्देश लगायतका कुराहरु समेटेर तीन दर्जन बढी आलेखहरु तयार भएछन् । तयार मात्र भएनन् ती आलेखहरु सबै विभिन्न अनलाइन र पत्रपत्रिकाहरुमा प्रकाशित भए । सबै आलेखहरु समावेश गरेर कोरोना कहरको एउटा कृति तयार हुन सक्ने सामग्री जुरेको छ । तीन दर्जन बढी आलेखहरु तयार पार्दा केही अध्ययन,मनन,चिन्तन र अध्ययन अवस्य गर्नुु प¥यो । पुसको मध्यभागबाट चीनको वुहान प्रान्तबाट आरम्भ भएको कोरोना भाइरस जसलाई कोभिड १९ नाम दिइएको छ । अहिले यसले विश्वभर संत्रास मच्याएको छ । यसको असर कहिलेसम्म जान्छ यसै भन्न सकिने अवस्था छैन । जानकारहरुले यसको प्रभाव लामो समयसम्म रहने कुरा गरिरहेका छन् ।
विद्यालयमा पढाइ हुँदा अंग्रेजीको घण्टीमा अंग्रेजी पढाइ हुने र नेपालीको घण्टीमा नेपाली पढाइ हुने हुन्छ । अर्थात जुन समयमा जुन प्रसंगको कुरा गर्नुपर्ने हो त्यसको कुरा गर्नुपर्दछ । नेपालीको घण्टीमा अंग्रेजी र अंग्रेजीको घण्टीमा नेपाली कुरा गरेको सुहाउँदैन । अहिलेको घण्टी कोरोनाको घण्टी भएको हुनाले यसकै वारेमा कुरा गर्नुपर्दछ । अहिले वैदेशिक यात्रा वा स्वदेश यात्राका कुरा गरेर सुहाउँदैन । अहिले न विदेश जाने अवस्था छ न स्वदेशमा भ्रमण गर्ने अवस्था छ । अवस्था अनुसार काम गर्न जानिएन भने नसुहाउँदो हुन्छ । पुसको महिनामा वा घाम पानी बेगर छाता ओडेको सुहाउँदैन । पुसको महिनामा छाता ओढनका लागि वर्षा भएको हुनुपर्दछ । गर्मी समयमा वर्षामा ओढे पनि घाममा ओढे पनि सुहाँउँछ । अहिले कोरोनाले विश्वभर आक्रान्त फैलाएको छ । यसकारण यसको बारेमा चर्चा गर्दा सुहाउँदैन भन्न मिल्दैन ।
कोरोनाबाट विश्वभर धेरै जनधनको क्षति भएको छ । अहिले लाखौंको संख्यामा संक्रमित रहेका छन् । यसले भोलिका दिनमा कतिको ज्यान लिन्छ भन्न सकिने अवस्था छैन । उपचारका लागि यसको अोखती पत्ता लागि नसकेका कारणले यही विधि हो भन्ने कुरा छैन । रोकथामका लागि विभिन्न विधिहरु अपनाइएका समाचारहरु आइरहेका छन् । अब ओखतीको साटो मनोवल उच्च हुनुपर्छ भनिन्छ । ओखतीसँंगै उच्च मनोवल भएन भने त्यो काम लाग्दैन । उच्च मनोवल नभएकाहरु उपचार गर्दागर्दै यो संसार छोडेर जाने गर्छन । अझ् खास उपचार नभएको रोगको लागि मनोवल नै सबैभन्दा ठूलो ओखती रहेछ । हामीले अहिले त्यही विधि अपनाएका छौं । मनोवल उच्च बनाउने र पोषिलो खानेकुरा खाने,व्यायाम गर्ने जस्ता कुरा यसबाट बच्ने उत्तम उपाय रहेका कुरा जानकारहरु वताउँछन् । कोरोना जितेर जानेहरु मनोवल उच्च हुनुपर्दछ भन्ने गर्नुहुन्छ । सबैभन्दा उत्तम विधि यही रहेछ भन्ने लाग्दछ ।
विश्वका अन्य मुलुकको तुलनामा नेपालमा संक्रमितको संख्या निकै कम छ । संक्रमित हुनेहरुमध्येमा उपचारपछि फिर्ता हुनेको संख्या उल्लेख्य छ । जसले मृत्युवरण गर्नुभएको छ उहाँहरु उपचार कक्षमा पुग्नुअघि निकै संक्रमित हुनु भएको थियो । उपचारको क्रममा रहेकाहरुमध्ये निकै कमको मात्र निधन भएको छ । यो पंक्ति तयार पार्दासम्म नेपालमा जम्मा २३ जनाको निधन भएको छ । संक्रमितको संख्या दश हजार नाघेको छ भने कोरोना जितेर जानेहरु दुई हजार दुई सयको हाराहारीमा हुनुुहुन्छ । अहिलेसम्मको रेकर्ड अनुसार बढीमा ६७१ जना संक्रमित भएको पाइएको छ । यसैगरी उपचार गरेर फिर्ता हुनेहरुको संख्या अधिक्तम तीन सय ७४ सम्म रहेको छ । नेपालमा उपचारपछि फिर्ता हुनेहरुको संख्या वृद्धि हुने संभावना छ । किनकि नेपालीहरुको कोरोना विरुद्ध लडने क्षमता अत्यधिक रहेछ । यही क्षमताका कारणले अहिलेसम्म दुई हजार दुई सय बढीले युद्ध जितेर घर फर्कन सकेको मान्नुपर्दछ ।
छिमेकी मुलुक भारतमा यतिवेला साढे चार लाखको हाराहारीमा संक्रमित भएका छन् भने चौध हजार बढीको ज्यान गईसकेको छ । नेपालमा संक्रमित हुनेहरुमध्येमा अत्यधिक संख्या भारतबाट आएकाहरु नै रहेका छन् । त्योदेखि बाहेकमा तेस्रो मुलुकबाट आएकाहरु रहेका छन् । नेपालमा बसोवास गर्नेहरुमध्ये भारतबाट आएका वा अन्य मुलुकबाट आएकाहरुबाट कोरोना फैलिएको तथ्यांकले देखाएको छ । त्यो त्यति धेरै संख्यामा देखिदैन ।
हामीले कोरोनाको बारेमा धेरै कुरा गरिसक्यौं । यसको अर्थ के हुन्छ ? हामीले यसबाट बच्ने तरिकाका बारेमा कुरा ग¥यौं कि खाली कोरोनाको कहरका वारेमा मात्र कुरा गर्न भ्यायौं । एउटा सवाल यो हो । कोरोनाको कहरको वारेमा मात्र कुरा गर्नु कुनै औचित्य छैन । यसबाट बच्ने उपायको बारेमा कुरा गर्नु र आफूले पूर्णपालना गर्नु अनि अरुलाई पालना गर्न लगाउनु प्रमुख कार्य हो । कोरोनाबाट बच्नका लागि पालना गर्नुपर्ने आमनियमको पूर्णपालना गर्ने हो भने यसका वारेमा चर्चा गरेको राम्ररी सुहाउने छ । यसैगरी यो कहरबाट आफूले सिकेका नयाँ कुराहरु अरुलाई बाँड्न सक्नु झनै राम्रो कुरा हो । हरेक कहर (संकट,दुःख,हैरानी)बाट केही नयाँ उपायको खोजी गर्नुपर्छ र नयाँ प्रविधिमा आफूलाई ढाल्ने प्रयास गर्नुपर्दछ । यही कहरको सन्देश हो । कहरबाट अत्तालिएर यसको नाम सुन्नै मन लाग्दैन भन्नु हुँदैन । आज जता पनि यसकै चर्चा भनेर दिमागमा बोझ पाल्नु हुँदैन । बोझ होइन निकास खोज्नु उत्तम उपाय हो ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया