गडडडड…..गडडड…..ड्याङ्ग..ड्याङ्ग, गुडुम्म….चुईंयँ । “मोर्चा छोड्नु या पिठ फर्काउनु कायरता हो ।“ अजयले आफ्ना कम्पनीका फौजहरुलाई हौसला दिंदै कर्तव्यबोध गराइरहेथ्यो।
“मातृभूमिप्रतिको ऋण चुकाउने समय यही हो । अजयले जोशिँदै बोल्यो ।
“खोई छोड् त सविन अजय अघि बड्यो । सालको रुखको आडवाट फायर गर्ने दुश्मनहरुलाई ऊ सोत्तर बनाउन चाहन्थ्यो । हत्त न पत्त हवल्दार सविनबाट उसले मेसीनगन थुत्यो । भटटट….आफै फायर गर्न थाल्यो ।
“सर ढल्यो, ढल्यो त्यहाँ ३ जना रहेछ, २ जना म¥यो एकजना उतापट्टि ठूलो ढुंगाको पछाडि गएको छ ” सविनले बाइनाकुलरवाट हेरेर अजयलाई बतायो ।
“अब हेर्दै जा मेरो कमाल“ अजय निकै रन्किएको । थियो। “ल अब अगाडि बढ्नुपर्छ, दुश्मन अत्तालिएको देखियो । फौजीहरूको मनोबल बढाउँदै ऊ अघि मात्र बढ्यो फेरि बढदै गयो
“राजेन्द्र सेट ल्याऊ त“ सिग्नलरवाट वाकिटकि सेट माग्छ । “
“चार्ली वान फोर पापा वान एण्ड पापा थ्री“ अजयले नम्बर एक प्लाटुन र नम्बर तिन प्लाटुनलाई कन्ट्याक्ट गर्यो र भन्यो ( “नम्बर एक प्लाटुनले बायाँवाट र नम्बर तीन प्लाटुनले दाहिनावाट सपोर्ट गर्न अह्रायो । ऊ नम्बर दुई प्लाटुन लिएर अगाडि बढ्यो । ओभर एण्ड आउट ।“
“आयो गोर्खाली, चार्ज…..“ सिंहनाद गर्दै, फायर एण्ड मुभको गतिमा अजय अघि बढ्यो । दुश्मनहरु हतोत्साहित भएर भागाभाग भए । अघि बढदै गर्दा राइफलमा बुलेट सकिएको अजयले चाल पायो । खोल्साको सानो चेपवाट दुश्मनले आफुतिर राइफल सोझ्याउँदै गरेको देख्यो । तर अलिकति पनि हतास भएन ।
उसको विश्वास बोल्यो ( अरिंगाल जस्तै जाई लागेको फौजलाई कुनैपनि आँधीले रोक्न सक्तैनथ्यो । जय गोरखकाली भन्दै कम्मरमा भिरेको सिरुपाते खुकुरी हातमा लियो । दुश्मनको गर्धन छिनाउने सोंचले न्वारानदेखिको बल लगाएर हुंकार गर्दै अजय बुरुक्क उफ्रियो ।
ऐया बाबा.“.. …… मार्मिक आवाज आयो । वातावरणमा अचानक सन्नाटा छायो ।
प्रतिक्रिया