
गोजीमा राख्नका लागि जतिसुकै उच्चस्तरको प्रमाण–पत्र भएपनि समाज पढिएन भने त्यो गोजीमा राख्ने प्रमाण–पत्रले कुनै काम दिदैन । काम दिंदैन भन्नुको तात्पर्य मानिस सामाजिक हुन सक्दैन भन्ने नै हो । सामाजिक हुन नसक्नुका कारणले मानिस भिन्दै विचारको बन्न सक्छ । एकलकाँटे हुन्छ । आफूमात्र जान्ने सुन्ने छु भन्ने सम्झन सक्छ । त्यसकारण उसको गोजीको योग्यताको प्रमाण–पत्र समेत धरापमा पर्न जान्छ । विद्यालय वा विश्वविद्यालयको पढाइले आर्जन गरेको ज्ञान भन्दा समाज पढेको ज्ञान धेरै मात्रामा ब्यवहारिक हुन्छ । ब्यवहारिक शिक्षा पाउन कठिन कुरा हो । यो सहजरुपमा आर्जन हुँदैन । ब्यवहारिक शिक्षा पाउनका लागि विद्यालय वा विश्वविद्यालयका गुरुहरुको अर्ति उपदेशले भन्दा समाजमा रहेका जेष्ठ नागरिकहरु धेरै उत्तम मानिन्छन् ।
ज्येष्ठ नागरिक अनुभवका खानी हुन् । उनीहरुले विद्यालय वा विश्वविद्यालयन देखेपनि उनीहरुमा समाजोपयोगी कुराको ठूलो भण्डार छ । जीवनका अनुभव नै उनीहरुको सबैभन्दा ठूलो प्रमाण हो । उनीहरुका अनुहारमा कोरिएका रेखाहरु नै उनीहरुको जीवनका भोगाइका मार्गहरु हुन् । उनीहरुले आफ्नो समयमा आमाबाबु,गुरुबा, गुरुआमा, इष्टमित्र बन्धु–वान्धवप्रति गरिएका मर्यादाका कुरा र साथीभाइहरुसँगका सहकार्यका कुराहरु साँच्चि सुन्न लायकका हुन्छन र छन् पनि । आजका ज्येष्ठ नागरिकले त्यो समयमा आफ्नो जीवन चलाउनका लागि गरिएका कार्यकलापहरु सुन्दा कति कष्टपूर्ण कुराहरु व्यहोरेरमात्र यो स्थानमा आएको कुरा सुनाउनु हुन्छ । अहिलेको समयमा पहिले जस्तो कष्टपूर्ण कार्य गर्नुपर्छ भन्ने होइन । वर्तमानमा विभिन्न श्रोत र साधनका कारणले जीवन सहज बनेको छ । यो सहज जीवन भोलिका दिनहरुमा अभ्m सहज बनाउनु पर्दछ । यो त प्रकृतिको नियम हो । तर हिंजो उहाँहरुले भोगेका कुराहरुबाट के जान्न र बुझ्न सकिन्छ भने अति कष्टपूर्ण घडीमा जीवन चलाउन सकिने रहेछ भन्ने शिक्षा मिल्दछ ।
ज्येष्ठ नागरिकले जीवनमा भोगेका कुराहरु तपस्याका कुराहरु हुन् । धैर्यता र साहसका कुराहरु हुन् । जीवन सफल हुनकालागि विना र्धैर्यता र विना साहस सम्भव छैन । हिंजोका दिनमा साधन र श्रोतको कमी हुँदाहुँदै उहाँहरुले अफ्नो जीवनलाई रक्षा गर्नुभयो । त्यसको साथमा हिंजोको निरंकुश व्यवस्थासँग जुझ्न सफल हुनुभयो । अहिले हाम्रो माझमा राणा शासन भोगेका केही ज्येष्ठ नागरिकहरु हुनुहुन्छ । पञ्चायत भोगेका त झन् धेरै संख्यामा हुनुहुन्छ । एकातर्फ त्यो समयको व्यवस्था जनउपयोगी नभएको र अर्कोतर्फ श्रोत र साधनको अभावमा जीवन सहजरुपमा यापन गर्न सफल हुनुभयो । त्यो भण्डारबाट जत्ति झिकेपनि रित्तिदैन । आज हामी एक किलोमिटर बाटो पार गर्नका लागि कुनै साधनको खोजी गर्दछौं । हाम्रा अग्रजहरु दिनभरका दिनभर कोशौं हिडेर त्यो पनि भारीसँग पुग्न ुहुन्थ्यो । भारी बोकेर हिंडनु एकातिर छ अर्कोतर्फ न जुत्ता न चप्पल । हामीलाई अहिले यस्ता कुरा सुन्दा आश्चर्य लाग्छ होला ।
पहिलेको समयमा कुनै सामान खरिद गर्नका लागि हाट जाने भनिन्थ्यो । कतिले हाट जानेलाई नुन लिन जानेसँग जोडने गर्दथे । नुनमात्र नभएर हरेक सामानाको लागि हाट जाने गरिन्थ्यो । नजिक मानुन समेत नपाइने हुनाले प्रत्येक घरमा वर्ष दिनका लागि नूनको जोहो गरेर राख्नु पर्दथ्यो । हरेकका घरमा नुनका ठूलाठूला पोकाहरु हुने गर्दथे । वर्ष दिनलाई पुग्ने नुन एक पटकको हाटबाट खरिद गरेर ल्याउनु पर्दथ्यो । आजको जस्तो गाउँगाउँमा पसलहरु सपनामा थिएनन् । कसैले दिमागमा त्यस्ता कुरा सोच्नसम्म सकेको थिएन होला । कपडा लत्तादेखि लिएर जीवन गुजाराका लागि अवश्यक धेरैजसो सामग्रीहरु वर्ष दिनको लागि जोहो गर्नुुपर्ने समय थियो ।
पढ्नकालागि कुनै विद्यालयकहरु थिएनन् । गाउँगाउँमा अलिक हुन खानेहरुले घरमै गुरुको प्रवन्ध गरेर गुरुकुलको नियममा प्राचीन शास्त्र, ग्रन्थहरु पढाउने गर्दथे । यही नै उनीहरुको अध्ययनको श्रोत थियो । आज आगनमा उच्चशिक्षाका विद्यालयहरु देखेकाहरुका लागि त्यो समयको शिक्षा आर्जन गर्ने थलोको कुरा सुन्दा कति आश्चर्य लाग्छ होला । लेख्नका लागि कापी कलम थिएनन् । कतिले बाँसको सुपलीमा लेखेर वाह्रखरी नि माजेका हुन् भने कतिले बाँसको कलम र सिमिका पातको मसीले लेखेर बाह्रखरी नि माजेका हुन् । यसरी हरेक कुरामा कष्टकर जीवन विताउन वाद्य थिए आजका ज्येष्ठ नागरिकहरु । खानेपानीका लागि डोकोमा गाग्री वा घैंटो बोकेर जानुपर्ने अवस्था थियो । कोसौं टाढाबाट पानी ल्याएर गुजारा गर्नुपर्ने अवस्था थियो । आज धरै जसो स्थानमा घर–घरमै धाराको व्यवस्था भएको छ । कतिपय स्थानमा ट्यूवेल वा हाते पम्पको व्यवस्था छ । केही स्थानमा रिङ कुवाहरु बनाइएका छन् । यसबाट पानीका लागि धेरै सहज बनेको छ । बाटोको कुरा गर्दा त्यस्तै हो । पहिले गोरेटो, घोरेटो र चक्रेटो बाटो भएर पैदल लामो यात्रा गर्नु पर्दथ्यो । अहिलेको कुरा वेग्लै छ ।
हिंजो बाँसको सुपलीमा लेखेका र काठको पाटीमा गौंखरीले लेखेका बाजेका नातीहरुले अहिले कम्युटर चलाउने गर्दछन् । नेट र इन्टर नेटका कुरा गर्छन । कति फरक छ बाँसका कलम र सिमीका पातको मसी अनि कप्युटरको उपयोग ? कसैलाई कुनै सन्देश पठाउनु परेमा दिनभरको काम हर्जा गरेर कुनै मानिलाई पठाउनु पर्दथ्यो या त कुनै चिठी आदि पठाउनु पर्दथ्यो । यी दुवै कामहरु कष्टकर थिए । त्यस्तो कष्टकर समयबाट आफ्ना क्रियाकलाप गरेर त्यो पनि जीवनमा कहिल्यै हातोत्साहित नभएर आफ्नो जीवन चालाउन सफल आजका ज्येष्ठ नागरिकहरुलाई त्यत्तिकै अनुभवका भण्डार भनिएको होइन ।
हरेक पाइलामा चुनौतीको सामना गर्दै आएका हुन ती ज्येष्ठ नागरिकहरुले तरपनि जीवनभर हाँसेर बाँच्न सिके । आज तिनै अनुभवका खानीलाई कसैले वास्ता गर्दैनन्, । कसैले अपहेलनाको दृष्टिबाट हेर्ने गर्दछन् । वास्ता नगर्नुु र अपहेलना गर्नुु दुबै उस्तै कुरा हुन् । तिनै ज्येष्ठ नागरिकको थोरै भएपनि सम्मान गर्नु र उनीहरुको भण्डारबाट आज सानो अंश झिक्न सक्नु त्यही हो समाज पढनु भनेको ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया