
त्यतिबेला एउटा छुट्टै जोश थियो । मनमा हुटहुटी चलिरहन्थ्यो । म जन्मेको केहि गर्नको लागि हो । केही गर्नु पनि छ । मनभरि यस्तै यस्तै अथाह सपनाको पोको बोकेर म २०७० सालको मंसिरमा बुटवल सहरमा प्युठानदेखि झरें । जिन्दगी सोचे जस्तो नभए पनि म सोचे जस्तो बनाउन चाहन्थें ।
मेलाले जोडेको मित्रता :
बुटवलमा बसेर बिबिए पढ्न थालेकी एक जना साथी थिई । जसलाई मैले प्लस टु पढ्ने बेला चिनेकी थिएँ । जसको नाम हो रन्जना । उनकै सहयोगमा म उनकै डेरामा मिलेर बस्ने सल्लाह गर्यौं । म रित्तो थिएँ नितान्त । उनको अथाह सहयोगले गर्दा म आफ्नो पढाईलाई निरन्तरता दिएँ । यसरी सुरु भयो मेरो बुटवलको बसाई ।

म भोको थिएँ । जहॉ म भौतारिरहेको हुन्थें । धेरै कुराहरु सिक्न मलाई लेख्नु थियो । मभित्रको उकुसमुकुसपनालाई बाहिर ल्याउनु थियो । त्यसैले म जस्तैस् मान्छेहरुको खोजीमा थिएँ । एकदिन बुटवल महोत्सव चलेको थियो । हामी मेला हेर्न गएका थियौं । त्यस मेलामा सिंगिंग आइडल चलेको रहेछ । अचानक त्यहॉ म्याग्दीको लेखक जो त्यतिबेला बुटवलमा आफुलाई लेखकहरुका बीचमा स्थापित गराईसक्नु भएको थियो । उहाँ हो तारा मिलन छन्त्याल । उहॉले हाम्रो टिकटको अर्धकट्टी दिनुस भन्नु भो । मैले प्रश्न गरे के का लागि रु उहॉले भन्नु भो भोट हाल्न। केही कुराकानी भएपछि मैले टिकटको अर्ध कट्टी दिएँ । उहॉले भन्नु भो भोलि पनि आउनुहोला है । त्यसपछि भोलि पनि गएँ । भोलिपल्ट मैले पनि टिकट कलेक्सन गर्न सहयोग गरें । यसरी झन हामी भावनात्मक सम्बन्ध भयो । फोन नम्वर आदान प्रदान भयो ।
एकदिन उहॉले तपाईलाई भेट्न खोजेको कहॉ हुनुहुन्छ भन्दै फोन गर्नु भयो । मैले कुनै संकोचबिना आफू रहेको ठेगाना दिएँ । म त्यतै आउँदै छु भनेर उहॉले भनेपछि मैले एउटा सोच बनाईसकेको थिएँ । यो मान्छे अलि फरक छ । भिन्न छ । यसलाई मैले मेरो किताब उपहार दिन्छु । त्यतिबेला मैले पहिलो संग्रह अधुरो सपना गजल संग्रह निकालेको थिएँ । अझ अर्को रोचक कुरा त के छ भने तारा मिलनले पनि मलाई भेट्न खोज्नुको उद्देश्य त उहॉको आफ्नै किताब एउटा गजल संग्रह र आफै सम्पादन गर्नु भएको घोडेपानी साहित्यिक पत्रिका दिनको लागि रहेछ । त्यसपछि उहॉले नै बुटवलका लेखक,कविहरु कविराज पौडेल,खोमा तरामु, उहाँहरुलाई चिनाई दिनुभो । पहिलोपटक बुटवलमा उहॉहरुकै सहयोगमा दैनिक पत्रिका बुटवलमा दुईपटक गरी दुईवटा कविता छापिए । त्यसपछि मेरो खोजी हुन थालेछ यो मान्छे को हो भनेर रु
मगर सङ्घ,रुपन्देहीदेखि केन्द्रीय सदस्यसम्म :
म बुटवलमा पहिलोपटक नेपाल मगर लेखक जिल्ला समिति रुपन्देहीमा सचिव भएँ। अञ्चल सचिवहुँदै केन्द्रीय सदस्य समेत भएर करिब चार वर्ष काम गरें । यसै सिलसिलामा विभिन्न साथीहरुका सहयोगमा बुटवलको विभिन्न साहित्यिक कार्यक्रमहरुमा सहभागी हुँदै गएँ । पढाईसंगै साहित्यिक कार्यक्रम, लेखनकार्य त अगाडि बढाउनु त थियो नै ।
क्याफेको जागीरे :
अझै महत्वपूर्ण विषय भनेको मलाई त्यतिबेला जागीरको थियो । म जागीरको लागि भौतारिरहेको थिएँ । साथीहरुलाई अनुरोध गरेको थिएँ । एकदिन जागीरको अफर आयो । एउटा क्याफेमा क्यसिअरको लागि भनेर । म गएँ । ईन्टरभ्यू दिएँ । पास भएँ । बिहान ११ बजे कलास सकेर सिधै काममा जानुपर्ने । राति नौँ बजेसम्म त्यहॉ काम गर्नुपर्ने । काम सकेर डेरामा आउँदा रातको दश बज्थ्यो । यसरी केही समय त्यहि क्याफेमा काम गरें । डेरा फर्कन एक्लै हिडेर गार्हो सँगै बाटोमा रक्सि खाएर हिड्ने केटाहरुका डर हुन्थ्यो । काममा पनि म सन्तुष्टि थिईन । त्यो क्याफेकी म्यानेजर ठिक नभएको कारण मैले काम छाडें ।

मगरात राष्ट्रीय पत्रिका मेरो जीवनको सारथि :
बेरोजगार त्यसमाथि पनि मैले घरमा बाबा मम्मीलाई बचन दिएको थिएँ । म मेरो पढ़ाई खर्च आफै जागीर गरेर पुर्याउने छु । अब ढुक्क हुनुस् । छोरीले तपाईहरुलाई दुस्ख दिने छैने । जति पीडा अभाव भए पनि मैले घरमा पैसा माग्न छोडिसकेको थिएँ । चिन्ता र निराशा मनभरि बोकेर बुटवल सहर भौतारिरहेको थिएँ । एकदिन लेण्डलाईनबाट फोन आयो । अचम्म परें । फोन उठाएँ । त्यो फोन मगरात राष्ट्रीय मासिक पत्रिकाको प्रबन्धक गोविन्द सरको पो रहेछ । खोमा र गोविन्दले मलाई जागीरको लागि अफर गर्नुभयो । म तुरुन्त अफिसमा गएँ । गोविन्द सरले भन्नुभयो ( तपाई हामीसँग काम गर्नुस् । तलव कति भए हुन्छ रु म वाक न ब्वाक भएँ । जवाफमा भने तपाईहरु जति दिनुहुन्छ त्यति लिन्छु । उहॉले भन्नुभो ( रु। ३५०० ले हुन्छ रु मैले सोचे हुन्न भनु भने यहि रु। ३५०० सयको जागीर भए पनि दिन्न भने के गर्ने यहि सोचे र हुन्छ भनि दिए
त्यस पछि म त्यस रु पत्रिकाको कर्मचारी भएर लामो समय काम गरें । व्याचलर तेस्रो बर्षसम्मको अध्ययन मैले त्यहि जागीर गरेको तलवले पढें । त्यसपछि कान्छी बहिनीलाई समेतसंगै राखेर पढाएँ ।
पत्रिकामा काम गर्ने भएकाले विभिन्न क्षेत्रका फरक फरक मान्छेहरुसंग चिरपरिचित हुने अवसर पाएँ । यसैगरी बुटवलका विभिन्न साहित्यिक गतिविधिहरुसँग अझ बढि नजिक हुने अपसरहरु पाएँ ।
साहित्यकारहरुका समीपमा म :
बुटवलका वरिष्ठ लेखक कवि रामचन्द्र भट्टराई,लेखक समालोचक दिल साहनी,अधिवक्ता ज्ञानु के।सी, प्राज्ञ गजलकार बूँद राना,डा। घनश्याम परिश्रमि, रमेश समर्थन, ऋषिराम भुषाल,दिपक विश्वकर्मा,मिन राना,दलबहादुर गुरुङ, जयन्ती थापा, सरिता श्रीस ,गिरि श्रीस,कृष्ण गाउँले , लगाएयका कैयौं लेखक कोही समकालीन त कोहि अघिल्ला पुस्ताका लेखकहरुसँग प्रत्यक्ष भेटघाट कार्यक्रमहरु गरियो ।
साहित्यिमक संस्थाहरुमा संलग्नता :
बुटवलमा कैयौं साहित्यिक संस्थाहरु छन् । कुनै सक्रिय त कुनै निस्कृय । हामीले साहित्य संगम, बुटवल प्रत्येक महिनाको अन्तिम शनिवार गर्दै आयौं । गजल सागर नेपाल जसका अध्यक्ष मीन राना जी हुनुहुन्छ । उपाध्यक्षमा म स्वयम् । सचिव कृष्ण गाउँले जी । यसैगरी बुटवल साहित्य परिषद् २०७१र७२ मा गठन गरियो । वसन्त सरको अध्यक्षतामा कविराज पौडेल उपाध्यक्ष र खोमा तरामु, सचिव हुनु भयो । साथै तारा मिलन छन्त्याल लगायत हामीहरु सदस्यमा थियौं ।
त्यसैगरी प्रगतिशील लेखक संघ, रुपन्देही देवेन्द्र घिमिरे सरको अध्यक्षतामा म आफू कार्यसमितिमा रहेर एक कार्यकाल विताएँ । अहिले दलबहादुर गुरुङको अध्यक्षतामा रुपन्देहीको सांस्कृतिक आन्दोलनमा निरन्तर अगाडि बढिरहेको छ । यसरी दर्जनौ साहित्य संस्थाहरुमा र साहित्य संस्थाहरुको आयोजनामा रहेर बुटवलमा निरन्तर सहभागी भएँ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया