
आजभोलि धेरै साथीहरुसँग मोवाइल फोनमार्फत सम्पर्क हुने गर्छ । केही जिल्ला बाहिर र केही जिल्लाभित्रका साथीहरुसँग सम्पर्क गर्दा नयाँ खवर सुन्ने र सुनाउने काम हुन्छ । केही साथीहरुले भन्नुहुन्छ “तपाई त विभिन्न स्थानमा घुमिरहने मान्छे घरमा बसिरहँदा आजभोलि दिन कटाउन गाह्रो भएको होला ? ”जवाफमा भन्ने गर्छु “ केही न केही गरेर दिन वितेको छ । विहानदेखि साँझसम्म विभिन्न काममा व्यस्त रहने हुनाले समय विताउन कुनै गाह्रो छैन ।”केही साथीहरुलाई वर्तमानभन्दा भविष्यको बढता चिन्ता लाग्दो रहेछ । आउँदा दिनहरु कष्टकर हुन्छ कि भनेर समेत चिन्ता ब्यक्त गर्नुु हुन्छ । उहाँहरुलाई “वर्तमानलाई भरपुर उपयोग गर्ने हो भने भविष्यको वारेम ाचिन्ता गर्नुु पर्दैन”भन्ने गर्छु ।
कोरोना भाइरस कोभिड १९का कारण नेपालमा यतिवेला विदेशबाट फर्कनेहरुको संख्या अत्यधिक रहेको छ । छिमेकी मुलुक भारत लगायत अन्य मुलुकहरुबाट उल्लेख्य संख्यामा नेपालीहरु स्वदेश फिर्ता आएको अवस्था छ । पहिले यहाँ भएका नेपालीहरुका लागि त नेपालमा उत्पादन भएको अन्नले धान्न गाह्रो भएर विभिन्न खालका खाद्यानन्नहरु विभिन्न मुलुकबाट आयात गर्नुपर्ने अवस्था थियो । पहिले यहाँ रहेको जत्तिकै संख्या विदेशबाट फिर्ता आएपछि खाद्यान्न संकटको अनुमान गर्नु स्वाभाविकै हो । नेपालमा रहेकाहरुले गरेको खेतीले यहाँ रहेकाहरुलाई धान्न गाह्रो हुने अवस्थामा उत्तिकै संख्यामा नागरिक थपिएपछि थप संकटको अनुमान गर्नु के अन्यथा होला र ? तर यो समाधान नहुने संकट होइन । पहिले भनिए जस्तै वर्तमानलाई भरपुर उपयोग गर्ने हो भने । नेपालमा भएको जनसंख्यालाई आवश्यक खाद्यान्न पुगेर विदेश निर्यात गर्न सकिने अवस्थामा ल्याउन सकिन्छ । यो समय वर्षे वाली लगाउने समय हो । अधिकांश नागरिकहरु विदेशबाट नेपाल आइसकेका छन् । पहिलो नम्वरमा नागरिकस्तरबाट हामी यो व्यवसायमा लाग्नुपर्छ भन्ने भावना जागेको हुनुपर्दछ । दोश्रो राज्यस्तरबाट अल्पकालनीन र दीर्घकालीन योजना तयार पारेर नेपाल आएको जनशक्तिलाई काममा लगाउनु पर्दछ ।
ब्यवसाय एक होइन अनेक प्रकारका छन् । नेपालमा आएका सबैलाई कुनै नकुनै कार्यमा ब्यस्त राख्न सकिएन भने अलिक ठूलो नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ । धेरै मानिस वेरोजगार हुनु भनेको चोरी,डकैती,लुुटपाट ,हत्या,बलात्कार, कुलत जस्ता जघन्य अपराधका घटना हुन सक्छन् । एउटा छिमेकीलाई व्यस्त राख्नका लागि अर्को छिमेकीले राम्रो सोंच बनाउनु पर्दछ । मलाई पुगेको छ वा मेरा सन्तानलाई पुगेको छ भनेर अर्को छिमेकी चुप लागेर बस्यो भने त्यो छिमेकीको मार उस्ले नै पहिलो नम्वरमा खेप्नु पर्दछ । यसबाट बच्नका लागि हरेकले हरेकका लागि केही सोंच बनाउनु पर्दछ । छिमेकी वेरोजगार भएर हल्लियो भने पहिले त उसले नजिकको छिमेकीलाइ नै पिर्छ । पहिलो कुरा उत्पादन र उत्पादकत्व वृद्धिका निम्ति सबैजना चनाखो भएर लाग्नु पर्छ दोश्रो कुरा आफू सुरक्षित हुनका लागि नजिकको छिमेकीलाई उत्पादनमूलक काममा व्यस्त राख्ने सोंच राख्नुपर्दछ । यसै सन्दर्भमा राज्यले आफ्ना नागरिकलाई व्यस्त राख्ने र सके जति उत्पादनमा लगाउनका लागि केही न केही कार्यको जिम्मा दिनुपर्दछ । मुलुकमा कुप्रथा बढ्यो भने त्यसको वोझ सिधै राज्यलाई पर्दछ । तत्काल दिन सकिने अन्य रोजगारीका कार्यहरु नेपालमा त्यति सम्भव देखिदैन । धेरै संख्यामा रोजगार दिनका लागि उद्योग,कलकारखाना वा कुनै कृषि फर्मको व्यवस्था हुनुपर्दछ । यस्ता कुराहरु तत्काल सम्भव देखिदैन । एकातर्फ कोरोनाले जीर्ण भएको अवस्था छ भने अर्को तर्फ नेपालमा ठूलाउद्योगहरु खोल्नका लागि तत्काल सम्भव छैन । नेपालका उद्योग वा कारखानामा अन्य मुलुका दक्षवा अदक्ष जनशक्ति छन् भने उनीहरुलाई भन्दा नेपालीलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।
कोरोना भाइरसको भयावह अवस्था आएपछि छिमेकी मुलुकबाट जसरी नेपालमा आउने मानिसहरुको जुन ओइरो लाग्यो त्यो दृश्य हेर्दा वा सुन्दा हामीले हाम्रो छिमेकीप्रति जति सद्भाव कायम राख्न चाहन्छौं उसले हामीप्रति सद्ब्यवहार देखाउन सकेको छैन । यसबाट के पुष्टि हुन्छ भने हामीले मात्र हाम्रो छिमेकीप्रति अत्यन्तै ठूलो सद्भाव देखाएका छौं । उसले कतिलाई दिनमा त कतिलाई रातमा समेत नेपालको सिमाना सम्ममा ल्याएर छोडेका कथा व्यथाहरु समेत सुन्न पाइन्छ । यो अवस्थामा जसरी जुनबाटो भएपनि नेपालीहरु आफ्नो मुलुकमा आएका छन् अव उनीहरुको भावि दिनका वारेमा सानो भएपनि खाका बनाउनु आवश्यक छ । समयमा हिरा फोर्नु बेसमयमा ढुंगा पनि नफोडनु भन्ने गरिन्छ ।साँच्चिकैको हिरा फोर्ने समय यही हो । राज्यले नागरिकप्रति गर्ने सद्व्यवहार यसै पटक देखाउन कञ्जुस्याई गर्नुहुँदैन । संसारभर एकैपटक आएको यो संकटकको मारमा हामी नेपालीहरु पनि परेका छौं । यस प्रकारको संकटबाटअगाडि बढनका लागि राज्यकोतर्फबाट राज्यशक्ति र नागरिककातर्फबाट इच्छाशक्ति दुवैलाई जोड्नुपर्दछ । राज्यले चाहेरमात्र हुँदैन । राज्यको चाहनामा नागरिकको इच्छाशक्ति समेत चाहिन्छ । राज्यको आवश्यक्ता भएको र नागरिकको इच्छाशक्ति भएको समयमा राज्यले उचित कदम चाल्नुपर्छ । यसका लागि वर्तमान समयमा बाटोघाटो र यातायातको व्यवस्था धेरै स्थानमा सुलभ भएको हुनाले एक स्थानको उत्पादित बस्तु अर्को स्थानमालान सकिने अवस्था छ । हामीले यो समयमा खाद्यवस्तु जुनसुकै स्थानमा भएपनि उत्पादनको वारेमा सोंच बनाउन सकेनौ भने खाद्यान्न अभाव हुने छ । हिंजो हामीले उत्पादन गरेको खाद्यान्नले अव धान्ने अवस्थान हुने भएकाले यसको वृद्धिको वारेमा समयमै राज्य योजनावद्ध ढंगले लाग्नु पर्छ ।
हरेक कुराको आफ्नै समय हुन्छ । हरेक कुरालाई समयभित्रै समाधान गर्न जान्नु पर्दछ । समय टरेपछि गरिने कार्यले कसैलाई पनि राम्रो परिणाम दिंदैन । यो समयमा नागरिकको जीविकाको वारेमा दीर्घकालीन र अल्पकालीन सोंच बनाउने समय हो । तत्कालका लागि खाद्य अभाव टार्न सकियो भने भोलिका दिनमा अन्य ठूला विशाल कार्यका वारेमा केही गर्न सकिन्छ ।
आजको सोंच कम भयो भने त्यसले भोलिको अभाव टार्न सक्दैन । यसकारण हरेक कुरालाई समयमा ध्यानदिनु पर्दछ । समयमै ध्यान दिइएनभने त्यसको परिणाम भयावह हुन सक्छ । समयमा बुद्धि पुगेन भने भविश्यमा चिन्ता थपिने हुन जान्छ । त्यस कारण यसका वारेमा यहि समयमा ध्यान दिन आवश्यक छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया