जातिय, क्षेत्रीय, लैगिंक बिभेद समाजिक कंलक भय पनि बिकसित देखि अल्पबिकसित देश सम्म आज पनि कायम छ।
भर्खर अमेरिकामा काला जाति माथि पुलिस यातना ले भयको मृत्यु होस् वा नेपाल को रुकुम मा प्रेम संबंधले निम्त्याएको संघर्षमा भयको पाचँ युवाको मृत्यु र सामाजिक संद्भावनामा आयको ह्रास ले प्रत्येक सभ्य मानिसको टाऊको लज्जित भयको छ।
नेपाल ले सन् 1971 मा संयुक्त राष्ट्र संघ को अभिसन्धि मा अनुमोदन गरे पछि विभेद को बिरूद्ध देश भीत्र गम्भीर कार्य हुदै आयको छ ।
जातीय बिभेद बिरूद्ध नेपाल सरकार को कार्य योजना अनुसार नै बि-स -२०६३ जेठ १६ गते नेपाल लाइ छुवाछुत मुक्त देश घोषणा गरिएको थियो ।र नेपाल को संबिधान २०७२ ले समेत जातिय समानता को कुरा गरेको छ ।
फेरि पनि हाम्रो समाजमा जातीय बिभेद बिभिन्न रूपमा कायम रहदै आएको छ ।
सामाजिक ,जातिगत बिभेद नेपाली बर्तमान पुस्ता ले बिरासत मा पुर्वज हरू बाट नै पाएका हुन् ।
पुर्बिय दर्शन का धार्मिक शास्त्र हरू मा काम को आधारमा छुट्टाईएका पहिचान का नामहरू ब्राह्मण, राजन्य , बैश्य, शुद्र र म्लेच्छ( लाज घिन नभएका अबिबेकि हिंसक स्वभाव का अपराधी जो सामाजिक बहिष्कार का तत्कालीन पात्र थिए )म्लेच्छ बाहेक ४ जाति परष्पर एक अर्का का पुरक र सामाजिक सद्भाव का पर्याय नै थिए ।
तर पछि समाज बिकास क्रम मा शोषक र शोषित बर्ग को ऊत्पत्ति र सामाजिक बिषमता सँगै यिनै जाति हरू बिच बिभेद को पर्खाल खडा गरेको पाइन्छ ।
राजनीतिक ब्याबस्था का रूप हरू गण, गोत्र, कबिलातन्त्र, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुदै बर्तमान संघिय गणतन्त्र नेपालको यात्रा सम्म आऊदा राजनीतिक ब्याबस्था ले ऊच्छेद गर्न नसकेको वा नचाहेको जातिय बिभेद लगायतका क्षेत्रीय, लैङ्गिक, आर्थिक अनेकन बिभेद हरू नेपाली समाज मा आज पनि जरा गाडेर बसेको छ ।
हामि ले बुझ्नु पर्ने कुरा के हो भने,
” जातीय बिबिधता समाज बिकास क्रम मा ऊक्त जाति ले दिएको योगदानको कदर पत्र हो र त्यो सम्मान को बिषय हो ।त्यसलाई परिष्कृत गर्न ऊसको सभ्यता र संकृति ले ठूलो भुमिका खेलेको हुन्छ “।
भने “जातीय बिभेद अपराधी द्वारा संरक्षित ऊसको अधिकार कटौती गर्न गरिएको षड्यन्त्र र अपमान को पराकाष्ठा हो” ।
त्यो अपमान पुर्ण बिभेद सामाजिक परिवेशमा बेरिएर हाम्रो गाऊँ, शहर र समाज मा आज पनि छुवाछुत, सार्वजनिक स्थल प्रवेश मा रोक, देवालय प्रवेश मा रोक जस्ता बिभिन्न रूपमा कायम छ ।
त्यसलाई हटाऊनु हामी सबै को कर्तव्य र आज को आवश्यकता पनि हो ।
बर्तमान नेपाली समाज भित्र रहेको जातीय बिभेद लाई अन्त गर्ने हो भने तत्काल सामाजिक र राजनीतिक रूपमा निम्न कार्य गर्न जरूरि छ ।
१– पहिलो कुरा देश को प्रत्येक नागरिकलाई शिक्षा मा सहज पहुँच हुन जरूरि छ ।साथै अन्य शिक्षा को साथमा सामाजिक संद्धभाना र एकता को बिषय मा पनि पढाऊन जरूरि छ ।
२– जातिय आरक्षण को नाममा सोहि जाति को समृद्ध, धनी मानि ,टाठो बाठो ले सेवा सुविधा लिने र जातीय बिद्धेष लाई बढावा दिदै निमुखा असलि पिडित लाई अन्धकार मा राख्ने बर्तमान संकार को अन्त हुनै पर्दछ ।
३– हाम्रो समाजमा जातीय बिभेद को सामना शैक्षिक, आर्थिक अभाव मा रहने हरूले बढि गर्नु परेको छ ।
त्यसैले राज्य ले संरक्षण को अधिकार दिएर शिक्षा, स्वास्थ्य, रोजगार, र स्वरोजगार मा पहुच सुनिश्चित गर्न सघाऊन अत्यावस्यक छ ।
४– आफ्नो जाति को ऊद्धार खोज्ने तर अर्को जाति लाई देख्नै नसक्ने र अपमानित गर्ने पिडा पुर्याउने बर्तमान परिस्थिति को अन्त्य हुनै पर्दछ ।
सबै जाति ले आफ्नो अस्तित्व, पहिचान र संकृति को रक्षा गर्न पाउनु पर्दछ जो बर्तमान संविधान प्रदत्त अधिकार पनि हो ।
साथै सबै लाई समान र सम्मान ले हेर्ने दृष्टिकोण को बिकास र फैलाव गर्न जरूरि छ ।
५– आज हिजो कामका आधारमा गरिएको जातिय संरचना मा आमुलचुल परिवर्तन भयको छ ।
ब्राह्मण को छोरा छोरी सात्विक र शास्त्रीय बिचार बिमुख छन् ।
शुद्र ले आफ्नो परम्परागत काम गर्दैन गरेपनि शहर मा बसेर कपडा सिलाऊने दर्जि, सुनको पसल राख्ने सुनार भाडा पसल राख्ने लोहार कहि कतै ऊपेक्षित छैन ।
सेना, पुलिस र शासन संचालन मा सबै जाति को सहभागिता र पहुँच छ ।
हिजो कृषि प्रधान समाज मा निर्वाह मुखि पारिवारिक कृषि पछि अतिरिक्त काम गर्दै आएका बिविध जाति को संरचना मा पनि ठुलो परिवर्तन भएको छ ।
जो समृद्ध छ ,शिक्षित छ त्यहा बिभेद कृत्रिम वा यदाकदा अवशेष मा होला तर ब्यापक वा बास्तबिक छैन ।
बिभेद त्यहि बढी छ जहा शिक्षा, स्वास्थ्य, रोजगार पुग्न सकेको छैन र आर्थिक बिपन्नता बढी छ ।
त्यसैले जातीय पहिचान र संकृति को संरक्षण गरौं ।र जातीय बिभेद को अन्त्य गरौ ।
त्यही समाधान खोजौ जहा समस्या छ ।
६. सामान्य प्रेम संबंध लाई नै संसार को सबै भन्दा ठुलो कुरा ठानेर जन्म दिने बुवा आमा नाता गोता समाज को तिरस्कार गर्दै आफु खुशी गरिने अबिवेकि युवा पीढ़ीको निर्णयले कैयन पटक समाज र परिवार ले ठुलो मुल्य चुकाएका घटना हाम्रो सामु छन्।
अर्को तर्फ बाबु आमा र अभिभावक ले पनि छोरा छोरि को भावनाको सम्मान गर्न पनि नसक्ने, संकार दिन पनि नसक्ने र परिवर्तन लाई आत्मसाथ पनि नगर्दा ठुला दुर्घटना हुने गरेका छन्। यसलाई रोक्न पारिवारिक सम्मान सामाजिक समानताको संकार लाई जिवन्त राख्दै कुनै पनि बिभेद बिरूद्ध कार्य हुन जरूरी छ।
संसार का सबै मानिसको मानव अधिकारको रक्षा गरौं। नेपाली सबै समान नागरिक हौं।
सबै को कर्तव्य र अधिकार समान छ।जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्न सकारात्मक पहल गरौं ।
https://www.youtube.com/watch?v=8nDwFgt3hHc
- admin
- २०७७ जेष्ठ २७, मंगलवार १९:३१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया