
भनिन्छ, मानिसमा ‘जिज्ञासा र जीजीविषा कहिल्यै मर्दैनन्’ अर्थात् मानिस सधै नयाँ कुरा जान्न जिज्ञासु र केही गरी पनि बाँच्न इच्छुक रहन्छ । नगण्य अपवाद बाहेक यो कुरा सबैमा लागू हुन्छ । सिक्न, जान्न चाहनेहरूको लागि यसका अनेकौँ स्रोत खुला रहन्छन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ । सिकाइका माध्यमका विषयमा शास्त्रमा भनिएको पनि छ ः
सिंहादेकं बकादेकं शिक्षेच्चत्वारी कुक्कुटात् । वायसात्पञ्च शिक्षेच्च षट्शूनस्त्रिणि गर्दभात् ।।
अर्थात्, ‘सिंहबाट एक, बकुल्लाबाट एक, कुखुराबाट चार, कागबाट पाँच, कुकुरबाट छ, गधाबाट तीन वटा शिक्षा लिन सकिन्छ ।’ अहिले त हाम्रा सिकाइका माध्यम र साधन अनेकौँ छन् । हामी सिकिरहन सक्दछौँ ।
कतिपय मानिसहरू आफ्नो उमेर वा अनुभवको कारणले सिक्ने विषयप्रति अलि उदासीन रहने गरेको पनि पाइन्छ । मानिस पूरै निवृत्ति मार्गमा लागिएको छैन भने लेखकले लेखन कलाबारे अनुशिक्षण, खेलाडि र कलाकारले नियमित अभ्यास गरिरहनु पर्दछ । मानिस केही नजानेको, सबै कुरा जानेको, मपाइँ नै बन्नुपर्ने र बर्बादै भएको हुँदैन । यदाकदा देखापर्ने प्रवृत्तिलाई सम्वोधन गर्न होला ‘आत्तिन, मात्तिन, हस्कन र झस्कन हुँदैन’ भनिएको पनि ।
सारा संसार कोरोनाबाट कहराइरहेको बेला अंश अंशमा मानव जीवनलाई जागृत गर्न र उत्साह भर्न योगदान गरिरहेका लेखन क्षेत्रका व्यक्तित्वहरूले आपूmलाई थप धारिलो पार्ने अवसर सिर्जना र यसको सदुपयोग गर्ने प्रयास गरिएको छ । जीवनअघि पनि थियो, कोरोनाको क्रममा पनि छ र कोरोनापछि पनि रहने छ । सबै प्रकारका दायित्वशील व्यक्तिहरू हतास, निराश र उदास हुने कुरै भएन । यिनै विचार भावनाहरूलाई मूर्तता प्रदान गर्न प्रगतिशील लेखक सङ्घ, नेपाल, रुपन्देही शाखाद्वारा तीन दिवसीय (जेठ २५—२७, २०७७) लेखनमा सिर्जनशीलता विषयमा प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको छ । यसको पहिलो शत्रमा नाम चलेका लेखक, पत्रकार मोहन मैनालीको प्रस्तुति रह्यो । उमेर, अनुभव र विधाको विविधता बोकेका सहभागीहरूबीच भच्र्युअल माध्यमबाट प्रस्तुति र सहभागिता रहेको थियो ।
सहभागीको हैसियतले त्यस शत्रको सिकाइलाई निम्नानुसार प्रस्तुत गर्न चाहन्छु ः
कुनै पनि लेखकको लागि ‘कस्ता विषयमा लेख्ने ?’ भन्ने नै मुख्य प्रश्न हो । जुनसुकै विधामा लेखिने गरेको भए पनि विषय छनोट महत्वपूर्ण पक्ष हो । विषय छान्दा हाम्रो लेखाइले ती वर्ग—समुदाय, त्यो ठाउँ, त्यहाँको जनजीवनमा न्यूनतम भए पनि उपलब्धि होस् भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।
विषय उही हुँदा पनि उठाइएको विषयले लाभ पुग्नेको संख्या बढी होस्, समाधानको अवधि तुलनात्मक रूपमा लामो होस्, समाधान दिगो होस्, लेखाइले क्षति नपु¥याओस्, सामाजिक सद्भाव कमजोर नहोस् आदिलाई ‘विषय छनोटका आधार’ बनाउनु उपयुक्त हुनेछ । उठाइएको विषयलाई यी आधारहरूले कत्तिको रोचक पार्न र पाटकहरूको ध्यान तान्न सक्दछ भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।
लेखाइ उद्देश्य केन्द्रित हुनुपर्छ । लेख पढिसकेपछि जिज्ञासा बढाओस्, तर प्रस्तुति नबरालियोस् भन्नेमा ध्यान दिनुपर्छ ।
आपूm लेख्न तम्सिएको विषयका विभिन्न स्रोतहरू हुन सक्दछन् । भरपर्दो र प्रामाणिक स्रोतको उपयोग पाठकलाई लाभ पु¥याउन सकिन्छ । लेख्नुअघि ‘जानकारी खोज्ने’ काममा अल्छ्याइँ नहोस् भन्नेमा ध्यान दिनुपर्छ । विषयवस्तु हेरी पुस्तकहरू मानिसहरू, लिखतहरू, स्थलगत भ्रमण, कार्यालय—सेवा प्रदायकहरू लेखनका स्रोत हुन सक्दछन् ।
छापा, प्रकाशनमा आउनुपूर्व ‘आपूmले भेला गरेका जानकारी सही हुन् कि होइनन् भनी जाँच्ने । कसैले सम्झनाका भरमा भनेका कुरा तलमाथि परेका हुनसक्छन् । कसैले नियतबस ढाँटेका हुनसक्छन् । कसैले अन्जानमै ढाँटेका हुनसक्छन्’ भनेर हेक्का पु¥याउनु पर्दछ ।
लेखनका कतिपय विषय काल्पनिक पनि हुन सक्दछन् । पाठकहरूलाई मनोरञ्जन दिनका लागि लेखिने लेखनमा तथ्य—प्रमाण विनाका विषय पनि हु सक्दछन्, तर तिनमा पनि उद्देश्य अनुसारको र विषय अनुसारको प्रस्तुतिमा ध्यान दिन र नकारात्मक परिणाम वा सिकाइ नहोस् भन्ने विषयमा ध्यान दिन आवश्यक छ ।
लेख्नुअघि त्यसको संरचना तयार पार्नु पर्दछ । यसो गर्नाले सिलसिला मिल्ने, नबरालिने, सन्देश स्पष्ट हुने हुँदा लेखन ‘नक्सा बनाउने’ र आफैले सो ‘नक्सा पास’ गरेपछि लेख्नु राम्रो हुन्छ ।
धेरैले पढून् । रुचाऊन् । थाहा पाऊन् । जीवनमा परिवर्तन ल्याऊन् । समाजमा प्रभाव पारून् । यी सबैका लागि लेखकले आफूले पढ्ने, जान्ने, बुझ्ने, न्यायको पक्षमा उभिने आदिमा प्रतिबद्ध हुनु पर्दछ । धृतराष्ट्रलाई सञ्जयले महाभारत युद्धको सजीव वर्णन गरेझैँ हाम्रो लेखनबाट पाठकले हामीले लेखेको विषयमा छर्लङ्ग हुने लाभ प्राप्त गरून्, यो पाठकको अधिकार हो भन्ने विषयमा ध्यान दिन आवश्यक छ । आफ्नो मनको कुरा लेखेर होइन, पाठकका मनको कुरा लेखेर मात्र लेखक सफल हुन सक्दछ । यही नै सिर्जनशील लेखनको गुदी हो ।
अन्त्यमा, सुन्दर र ज्ञानवद्र्धक प्रस्तुतिका लागि विषय प्रस्तोता मोहन मैनालीज्यूलाई धन्यवाद । सफल आयोजनाका लागि आयोजक संस्था प्रगतिशील लेखक संघ नेपाल, रुपन्देही शाखालाई बधाई ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया