खुब मनपर्छ जून जूनकीरी अझै मनपर्छ मन पर्छन ताराहरु बिहान बेलुकाका घाम मन पर्छन् औधि मनपर्छ सिमसिमे पानी पानीमाथिको कागजको डुङ्गा तर पटक्कै मनपर्दैन मेरी छोरीलाई पानी जस्तै धार बदलिरहने मान्छेहरू !
बाच्छोको आँखाले मोहनी लगाउँछ उसलाई गालाभरि पप्पी गरि दिन्छे पाठो पनि कसलाई मन पर्दैन र ? आमाको माया उसलाई आमा विछट्टै मनपर्छ चोरऔंला समाएर हिड्न मन पर्छ रत्तिभर मन पर्दैन चोरऔंला देखाउनेहरू !
बिरुवा मन पराउँछे कोपिला मन पराउँछे जुनसुकै मौसमको होस् फूल मन पराउँछे पुतलीका जात छुट्याउन जान्दिने सबै आकाशमा उड्ने चरा एउटै लाग्छ छोरीलाई उड्ने धोबीको पुच्छर समाउन सार्है मन पराउँछे फिट्टिक्कै मन पराउँदिन जातको पुच्छर समाउने मान्छेहरू ।
खै ! किन हो एकाविहानै सानो छोराले सोध्यो आमा ! दलित भनेको को हो ?
प्रतिक्रिया