
–दल बहादुर गुरुङ
हरिकला थापाको विहे रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं. ३ (साविकको रुद्रपुर गाविस वडा नं.९) मा पर्ने प्रतापपुर गौरीगाउँमा २०५० सालमा भएको थियो । उनको माइतीगाउँ पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं. २ (साविकको दोभान गाविस वडा नं.७ ) को हाँपुर भन्ने विकट गाउँमा पर्छ ।
बल बहादुर थापासंग उनले आफ्नो वैवाहिक जीवनको दुई दशक विताइन् । जीवनका सुख-दुःखका क्षणहरु बल बहादुरसंग बिताउँदै गर्दा उनले आफूलाई वुहार्तनसंगै सामाजिक जीवनमा समेत ढालिन् ।
पहाडको चिसो हावापानीसंगै उकाली ओराली गरेकी हरिकलाको एउटै सपना थियो गायक बन्ने ! त्यो सपनालाई पूरा गर्न उनले आफ्नै खर्चमा सम्वत् २०६२ सालमा फूल बुकीको गीति एल्बम निकालिन् । पैसा खर्च त गरिन् तर क्यासेट उत्पादन गर्ने म्यूजिक कम्पनीले वितरण प्रक्रियालाई प्रभावकारी गराउन नसक्दा उनको गायक बन्ने सपना सफल हुन सकेन ।
सामान्य लेखपढ गरेकी हरिकलाको पढ्न नपाउँदाका अनेक कथाकहानी छन् । आफ्ना पीडाहरुलाई गीतसंगीतमा उनेकी छन् । लोकगीत भनेपछि हुरुक्क हुने हरिकलाले पछिल्लो समय आधुनिक गीतमा समेत श्वर दिएकी छन् । लोकदोहोरी गीत गाएर पुरस्कृत समेत भइकी छन् ।
श्रीमानको मृत्युपछि घरब्यवहार,सामाजिक र शैक्षिक जीवनमा आफूलाई समर्पण गर्ने कसम खाइएकी हरिकलाले आउँदो एकवर्षभित्र जीवनका हाँसोखुसीलाई अक्षरमा कुँदेर शब्द र वाक्यको माला रुवरुप आत्मकथाको पुस्तक निकाल्ने सुन्दर सपना बुनेकी छन् ।
आजभोलि हरिकलाको सहारा बन्दै आएको छ सामाजिक एवम् शैक्षिक सेवा । सम्वत् २०५६ सालमा उनी आफनै गाउँमै रहेको शान्ति सिर्जना महिला समूहकी संस्थापक अध्यक्ष बनेर वर्तमानसम्म अध्यक्ष बनि रहेकी छन् ।
सोही महिला समूहले संरक्षण,सम्द्र्धन र उपभोग गर्दै आएको सरकारी वनलाई दर्ता गराई कार्ययोजना समेत तयार गरी सबैको सहमतिमा शान्ति सिर्जना महिला सामुदायिक वनको प्रथम अध्यक्ष समेत बनिन् । छिमेकीहरुको ठूलो विरोध र अवरोधलाई चिर्दै उनले आफनो सामुदायिक वनलाई जिल्ला वन कार्यालय,रुपन्देहीबाट सामुदायिक वनको दर्ता प्रमाण पत्र दिलाइन् ।
आफ्नै गाउँमा रहेको हरैया माविको स्वर्णमहोत्सव–२०७३ मा उनले तीन लाख अक्षयकोष निर्माण र ६० हजार महोत्सव खर्चका लागि आर्थिक सहयोग गरे वापत प्रमुख अतिथिका रुपमा रहेका महामहिम राष्ट्रपतिबाट सम्मान समेत पाएकी थिइन् ।
उनले सोही स्थानमा हरैया बहुमुखी क्याम्पस सञ्चालन गर्नका लागि थालिएको धनधाञ्चल महायज्ञमा एक कठ्ठा भूमि समेत प्रदान गरेकी थिइन् । गएको एक साता अघि उनले प्रतापपुर नजिकै जिग्निहवा डाँडामा रहेको ज्ञानज्योति आधारभूत विद्यालयलाई कम्प्यूटर,प्रोजेक्टर लगायतका सामग्रीहरु सहयोग गरेकी थिइन् ।
२०७३ सालमा उनले सोही क्याम्पसमा आफ्ना श्रीमान् बल बहादुरको स्मृतिमा पुस्तकालय समेत स्थापना गरेकी छन् । यो उनको शिक्षा क्षेत्रप्रतिको लगाव हो ।
बुटवलमा रहेको भूमिगत जलस्रोत कार्यालयबाट उनले ट्यूवेल लगेर गाउँमा कृषिकर्ममा लागेकाहरुलाई सिंचाईमा सहयोग गरिन् । शिक्षा,वन,वातावरण र सामाजिक सेवामा तल्लीन हरिकलाको भविष्यको सपना असल सामाजिक डाक्टर बन्ने नै छ । समाजलाई सहज तरिकाले चीरफार गरेर प्राथमिकताका आधारमा सामाजिक,आर्थिक एवम् शैक्षिक सहयोग गर्ने आफ्नो दृढसंकल्प रहेको बताइन् ।
उनले गरेको सहयोगले त्यस क्षेत्रका स्थानीयहरुले भरपूर फाइदा लिन पाएका छन् । सबैका निम्ति आस्था र विश्वासका खम्बा बनेकी हरिकलाको सामाजिक जीवन यात्राले सार्थकता प्राप्त गर्न सकोस् शुभकामना ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया