आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रवार बुटवलमा मनाइयो ।
https://youtu.be/GnGqsC02pQc
बुटवलको पाल्पा बसपार्क नजिकै भानुपार्कमा रहेको भानुको शालीकमा साहित्यकारहरु अजम्बरध्वज खाती,देवेन्द्र घिमिरे र बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुंइटेलले संयुक्त रुपमा भानुको शालीकमा माल्र्यापण गरेका थिए ।
कार्यक्रममा सहभागी सबैले भानुको भाषिक योगदान,उनले तत्कालीन समयमा गरेको ढिलासुस्तीका विरुद्धमा चलाएको साहित्यिक आन्दोलन,रामायणलाई नेपाली भाषामा उल्था गरी जनजनमा पुराएर नेपालीहरुका निम्ति प्रिय बनेका भानुलाई अहिलेको परिवेशमा भन्दा पनि तत्कालीन समयको आँखाले हेर्नु जरुरी रहेको बताए ।
कार्यक्रमका मुख्य पाहुना बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुंइटेलले आफ्नो उपमहानगरपालिकाले साहित्य,कला र संस्कृतिलाई एउटा अंगको रुपमा लिई सोही अनुसार अघि बढाउन प्रयत्नशील रहेको बताउँदै साहित्यकारहरुको वृत्ति विकास र स्वास्थोपचारका लागि समेत वजेट विनियोजन भएको जानकारी गराए ।
कार्यक्रममा कविहरु अजम्बरध्वज खाती,नारद गौतम,यज्ञ प्रसाद,दीपक विश्वकर्मा,मीन राना,पूण्य प्रसाद श्रेष्ठ,कृष्ण प्रसाद कोइराला,बेद प्रसाद पन्थ,विजु पछाइँले कविता वाचन गरेका थिए भने साहित्यकारहरु गिरि श्रीस मगर,ऋषि आजाद,दल बहादुर गुरुङ,सुन्दर बासी,नारायण ज्ञवाली,देवेन्द्र घिमिरे,दीपक ज्ञवालीले भानुभक्त,वर्तमान साहित्यिक गतिविधिका सन्दर्भमा समेत प्रकाश पारेका थिए ।
बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,बुटवलको संयोजकत्वमा सञ्चालित सो कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली र सञ्चालन सहसचिव मीन रानाले गरेका थिए ।
- admin
- २०७५ असार २९, शुक्रबार ०८:३१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया